Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एक महिनादेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन, नागरिकहरु सेवा लिनबाट बञ्चित

खबरडबली संवाददाता

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरु कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो ।

जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन धेरै समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो । विसं २०७५ जेठ ९ गते महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरी सो क्षेत्रका नागरिकलाई त्यहीबाट नागरिकता वितरणको काम सुरु गरिएको थियो । अहिले कार्यालय प्रमुखको व्यवस्थापन गर्न नसक्दा त्यहाँका नागरिक फेरि नागरिकता बनाउनका लागि धुलिखेल धाउनुपरेको छ । इलाका प्रशासन कार्यालय महाभारत देवीटारका कार्यालय प्रमुख रामप्रसाद शर्माले आफूले पाएको कार्यालय प्रमुखको म्याद समाप्त भएपछि नागरिकका लागि सूचना जारी गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा रोकिएको बताए । 

गत कात्तिक १२ गते कार्यालयमा सूचना जारी गरिएको थियो । “नागरिकता प्रमाणपत्र जारी गर्ने र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिने कार्य २०७८ कात्तिक १३ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ”, उक्त सूचनामा उल्लेख छ । कार्यालय प्रमुखविहीन भएपछि अहिले इलाका प्रशासन कार्यालयमा कम्प्युटर अपरेटर र कार्यालय सहायकले कार्यालय खोलेर नागरिकता बनाउने र प्रतिलिपि बनाउन आउनेको आवश्यक कागजात सङ्कलन गरेर राख्ने र आवश्यक परामर्श दिने काम मात्रै भइरहेको छ ।

कार्यालयका प्रमुख रामप्रसाद शर्मालाई कायममुकायम अधिकार दिएर तोकिएको ६ महिनाभन्दा बढी भएको र त्यो समय सकेर अर्को कार्यालय प्रमुखको व्यवस्थापन नभएपछि त्यहाँबाट प्रवाह हुने सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । “नियमले ६ महिनाभन्दा बढी कामु दिन नमिल्ने भएको र अरुलाई पठाउन पनि समस्या भएका कारण प्राविधिक हिसाबले समस्या देखिएपछि कार्यालय प्रमुखविहीन भएको हो”, उनले भने । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies