Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

प्रधानमन्त्री भन्छन्– एमाले कांग्रेसको पुच्छर

काठमाडाैं, नीति कांग्रेसको भए पनि नेतृत्व एमालेको भएको भन्दै केन्द्रीय सदस्यले तीव्र असन्तुष्टी जनाएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले त्यसको कडा प्रतिवाद गरेका छन् ।बुधबार केन्द्रीय सदस्यहरुको जवाफ दिने क्रममा कोइरालाले कांग्रेस एमालेका नभई ‘एमाले कांग्रेसको पुच्छर’ भएको बताएका हुन् । ‘कांग्रेस एमालेको पुच्छर भएको होइन । हाम्रो इस्युमा एमाले आएको हो ।’ प्रधानमन्त्रीको भनाई उद्यृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पुच्छर भएका होइनौं । एमाले हाम्रो पुच्छर भएर आएको हो ।’
अब एमाओवादी पनि हाम्रो एजेण्डमा आउँछन्  : प्रधानमन्त्री
कांग्रेस भागेको नभई जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको सट्टा एमाले कांग्रेसको संसदबाट निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा आएको बताएका थिए । ‘हामी पुच्छर भएको भए जनताबाट निर्वाचित प्रधानमन्त्री भन्ने एमाले कसरी हाम्रो संसदीय व्यववस्थामा आउथ्यो ?’ प्रधानमन्त्रीले भने, ‘अब एमाओवादी पनि हाम्रो एजेण्डमा आउँछन् ।’ बैठकमा नेता शेरबहादुर देउवाले सहमतिबाट संविधान बनाउनुको विकल्प नभएको बताएका थिए । सहमतिका लागि प्रधानमन्त्रीबाट भएको वार्ताको पहल सकारात्मक हुँदाहुँदै त्यो पर्याप्त नभएको उनको भनाई थियो । ‘प्रधानमन्त्रीको पहल सराहनीय छ । तर, त्यो पूर्ण छैन ।’ देउवाको भनाई उद्यृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘सहमतिका संविधान बनाउनुको विकल्प छैन । जुनसुकै उपाय लगाएर भए पनि एमाओवादीलाई विश्वासमा लिनुपर्छ ।’ बैठकले वार्तामा आउन एमाओवादी, मधेसीसहितका दललाई पनि आव्हान गरेको छ । ‘सहमति, सहकार्य र एकताको भावनाबाट संविधान निर्माणका लागि लिनु भएको अग्रसरताप्रति समर्थन व्यक्त गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक एमाओवादी, मधेश केन्द्रीत दलहरु लगायत सम्वद्ध सबैलाई आन्दोलन होइन वार्तामा आउन आग्रह गर्दछ ।’ बैठकपछिको निर्णयमा भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy