Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरियामा सुदीपको हत्या यसरी भयाे

\"sudip1\"सोल । शंखु ४ काभ्रेका सुदीप राउत परिवारका जेठो छोरो । स्वाभाविक हो जेठो सन्तानको परिवारमा दायित्व बढी हुन्छ । आर्थिक हैसियत कमजोर भएपछि अध्ययनलार्इ निरन्तरता दिन सकेनन् । परिवारलाई आर्थिक समस्याबाट मुक्त गर्न व्यापार व्यवसाय सुरु गरे । व्यवसायले उनलाई धोका दियो । व्यापारमा घाटा लाग्यो । लिएको ऋण तिर्न सकेनन् , ब्याज बढ्दै गयो । ऋण चुलिदै गएपछि ऋणमुक्त हुने उपाय खोजे र व्यापार छोडे । गाउँ घरमा कोरिया पुगेका साथीहरुको आर्थिक हैसियतले उनलाई लोभ्याउने नै भयो । रोजगार अनुमति प्रणालीको फर्म भरे । नाम निस्कियो । आफूसंगै परीक्षा दिएका साथीहरु कोरिया पुगे तर उनको लेबर कन्ट्याक आएन । साथी भाइसँग निराशा पोखे । धेरै समय कुरेपछि लेबर कन्ट्याक आयो । केहि दिन पछी सिसिभिआइ (भिसा अनुमति पत्र) मा हस्ताक्षर गरे ,फ्लाईट डेट आयो । फ्लाईट डेटले उनीमा खुसी लिएर आयो ।
दुइ छोरी र एक छोराका अभिभावक बनेका राउतले छोरा छोरीलाई उच्च शिक्षा दिलाउन बाटो खुलेकोप्रति प्रसन्न भए । साहुको ऋणबाट मुक्तिका लागी पनि उनी खुसी हुने नै भए । १७ दिन अघि कोरिया इन्छन एयरपोर्ट उत्रिए । ट्रेनिंग सेन्टर पुगे । अभिमुखीकरण कक्षा सकेर कम्पनी साहुसँगै ख्यंगीदो ग्वाङजुमा रहेको फर्निचर डेकुरेसन गर्ने वोनबाइन कम्पनीमा उनको प्रवेश भयो ।
दस जोड दुइ सकेकी अध्ययन सकेकी पहिलो सन्तान र उनीभन्दा मुनि दुई छोरा छोरीको भविष्य उज्यालो पार्न काममा खटे । कम्पनीम एक्लो नेपाली रहेका उनले गाउँकै भाइपर्ने हरिकृष्ण अधिकारीलार्इ फोन गरि न्यास्रो हटाउने प्रयास गरे । सम्पर्क माध्यमका लागि हरिकृष्णले मोबाइल किनेर उनलाई पठाईदिए । दुइ जनाबीच पारिवारिक गफगाफ र कोरियाको कामका बारेमा कुराहरु भइराखे ।
उनी आएको एक हप्तामा अर्का नेपाली भोजपुरका पर्शुराम राई कम्पनीमा प्रवेश गरे । साथी भाइसँग नेपाली साथी आएको खुसी बाँडे । तर त्यहि नेपाली साथी उनको मृत्यु बोकेर आएको रहेछ । बिहिबार कम्पनीमा काम सके । कोठामा सुदीपले नै खाना तयार गरे । दुवै जनाले संगै खाना खाई सुते । यौनजन्य रोगबाट पीडित राईले औषधी सेवन गरिरहेका थिए । खाना पछि राईले पेट दुखेको कुरा गरे । अर्को दिन उपचार गर्न जाने कुरा गर्दै दुबै सुते । तर, राईले खानामा विष मिसाइदिएको गलत शंका गर्न थाले र निदाएका राउतमाथि चिर्पट प्रहार गरे । निदाएको व्यक्तिले प्रतिरक्षा गर्न सकेनन्, राउतको मृत्यु भयो ।
शुक्रबार बिहान पाँच बजे घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो । सहकर्मी नेपाली साथी पर्शुराम राईलार्इ नियन्त्रणमा लियो । राईले हत्या गरेको स्वीकारे । दुतावासलार्इ प्राप्त अनुसन्धान रिपोर्ट भन्छ, \'चिर्पट प्रहारले कन्चटमा रगत जमेर राउतको निधन भयो ।\'  एक नेपालीले अर्का नेपालीको जीवनसंगै उनमा आश्रित परिवारको आशाको अन्त्य गरे । राउत सधैका लागि निदाए तर राईको जीवनमा अब निद्रा आउने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies