काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा भव्य समारोहका बीच जारी रहेको छ । शुक्रबार भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा नेकपाल माओवादीका अध्यक्ष (प्रचण्ड) पुष्प कमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिएका छन् ।
महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् ।
समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिहरु उपस्थित छन् ।
रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी भएका छन् । पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।
एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि दाहाल सहभागी भएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो । एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन । एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।
त्यस्तै कांग्रेस महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललगायतका नेता पनि सहभागी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८० - २१:५५
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मण्डी बहाउद्दिन जिल्लामा सोमबार भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ...
जेष्ठ २२ गते, २०८० - २१:५२
टोकियो । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति प...
जेष्ठ २२ गते, २०८० - २१:३५
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...
जेष्ठ २२ गते, २०८० - २०:५१
काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल...
जेष्ठ २२ गते, २०८० - २०:४३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको ...
जेष्ठ २२ गते, २०८० - २०:३१
काठमाडौं । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न...
जेष्ठ २२ गते, २०८० - २०:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प...
जेष्ठ २२ गते, २०८० - २०:२२
म्याग्दी । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लो...
जेष्ठ २२ गते, २०८० - १९:१०
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका...
जेष्ठ २२ गते, २०८० - १८:३५
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।...
प्रतिकृया लेख्नुहोस्: