Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

हिंसापीडितलाई सुरक्षित आवासगृहमा सेवा

खबरडबली संवाददाता
रुकुम । रुकुम (पूर्व) मा अहिलेसम्म २१९ हिंसापीडितले अल्पकालीन सुरक्षित आवासगृह (सेफ हाउस) मार्फत सेवा लिएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त आवासगृहमा हालसम्म जिल्लाका तीनवटै गाउँपालिकाका २१९ हिंसापीडितले सेवा लिएका छन् । ती मध्ये १९९ महिला र २० पुरुष छन् । सिस्ने गाउँपालिकाद्वारा आवासगृहमा सञ्चालन सम्बन्धी आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । 
 
यसमा सिस्नेका  १८०, भूमेका १४ ,पुथा उत्तरगङ्गा गाउँपालिकाका १३ र रोल्पाका दुई  हिंसापीडितले आवासगृहका सेवा लिएको मनोविमर्शकर्ता सुगन्धा मल्लले जानकारी गराए । उनका अनुसार शारीरिक र मानसिक हिंसापीडित १६०, जबर्जस्ती करणीमा परेका १२, सम्बन्धविच्छेदका १५, स्रोतसाधनबाट वञ्चित ११ जनाले सेवा लिएका छन् । 
 
यसैगरी बोक्सी आरोप, बहुविवाह र बालविवाहका तीन/तीन गरी नौ , आर्थिक कारोबारका पाँच, ज्यानसम्बन्धीका दुई, विष सेवन र बाल श्रमशोषनको एक/एक गरी दुई हिंसापीडितले सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो । यसमा अहिलेसम्म १२ समस्यालाई स्थानीय तहको न्यायिक समितिमार्फत मेलमिलाप गराइएको छ । जिल्ला प्रहरी कार्यालय, ओसीएमसी, न्यायिक समितिलगायतसँगको सहकार्य समन्वयमा हिंसापीडितलाई ‘काउन्सिलिङ’ गर्ने काम भइरहेको जनाइएको छ । अहिले आवासगृहमा ५८  छन् ।  हिंसापीडितले राहत पाइरहेको भए पनि यसको सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उहाँको भनाइ छ । आवासगृहमा जिल्लाभरिका हिंसापीडितलाई सेवा दिने गरेको भए पनि आर्थिक पाटोमा साझेदारी संस्थासँग सिस्नेले मात्र सहकार्य गरेको छ । यसमा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाले पनि सहकार्य गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
 
हिंसापीडितलाई सम्बन्धित निकायकहाँ पुर्‍याउँदा आर्थिक समस्या पर्ने गरेको छ भने न्यायिक समितिमा, प्रहरीमा गएर मिलेर गएका पनि पटकपटक उस्तै समस्या लिएर सेफ हाउसमा आउँदा उनीहरुको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा पनि अन्योल भएको मनोविमर्शकर्ता मल्लले बताए  । 
 
अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र जिल्ला प्रहरी प्रमुख  गणेशबहादुर श्रेष्ठले आवासगृह न्याय प्रक्रियाको अभिन्न अङ्ग भएको बताए  ।  सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले पनि आवासगृहमा यहाँका हिंसापीडितलाई राहत मिलेको बताएका छन् । 
 
सिस्ने गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसा निवारण कोषसमेत खडा गरेर हिंसापीडितलाई सहयोग गरिरहेको छ । गाउँपालिकाले हिंसामा परेकालाई आयस्रोतको लागि काम गर्न जनाउँदै रु १० देखि  २० हजारसम्म आर्थिक सहायताअर्थात् अनुदान दिने गरेको गाउँपालिकाका महिला तथा बालबालिका शाखाका सुनिता खड्काले जानकारी दिनुभयो । अहिलेसम्म चार जनालाई अनुदानसमेत दिइएको छ । तीन जनालाई रु १०/१० हजारको दरले र एक जनालाई रु १८ हजारको दरले लैङ्गिक हिंसा निवारण कोषबाट आर्थिक अनुदान दिएको उनले बताए । सिस्नेमा २०७६ साल फागुन १८ गते आवासगृह तयार गरिएको हो । नियमित सेवा भने २०७७ जेठ २० बाट सुरु भएको हो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies