Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भैँसीपालनबाट मनग्य आम्दानी

खबरडबली संवाददाता
वालिङ ।  स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आएकी छन् । दुई भैँसी पालनबाट व्यवसाय थालेकी उनले  गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैँसी पाल्दै आएकी छन् । “सुरुमा दुई भैँसीबाट व्यवसाय सुरु गरेकी हुँ”, उनले भनिन्, “भैँसीको दूध बिक्रीबाट आम्दानी भएको पैसालाई फर्ममा थप गर्नुका साथै भैँसीको पनि सङ्ख्या थप गरेकी हुँ ।” उनका  फर्ममा अहिले आठ दुहुना भैँसी छन् । दुई थपेर दश पुर्‍याउने तयारीमा उनी छन् ।
 
“आफ्नै सुरले भैँसी पाल्दै आएकी थिएँ, महिलाले सञ्चालन गरेको फर्मलाई केही सुविधा हुन्छ भन्ने सुनेर फर्म दर्ता गरेर चलाएकी हुँ”, उनले भनिन्, “म एक्लैले भैँसी पाल्न थालेपछि गाउँलेले नसक्ने काम किन गरेकी होला ? भन्नुहुन्थ्यो आज मेरो सफलता देखेर ठीक व्यवसाय हैछ भन्न थाल्नुभएको छ ।” कतिपय महिला दिदीबहिनी गफ लाएर कुराकानी गरेरै समय बिताउने गरे पनि आफूलाई भने गफ लाउन र कसैको जान नि फुर्सद नहुने उनले बताइन् । श्रीमान्, दुई छोरीहरु विदेश र छोराले पनि पढ्दै जागीर गर्ने गरेको उनले सुनाइन ।
 
“श्रीमान्ले भैँसी पाल्न दु:ख हुन्छ, सकिँदैन नपाल भनेर गाली गर्नुहुन्छ”, व्यवसायिअर्यालले भनिन्, “आफूले पैसा कमाउन सके आफँै बलियो भइने, आत्मनिर्भर हुनुका साथै सन्तुष्टि मिल्ने भएकाले पनि व्यावसायिकरुपमा भैँसी पाल्दै आएकी हुँ ।” श्रीमान् विदेश जानासाथै छोराछोरी लिएर सहर पस्ने र बसेरै खाने परिपाटी नेपाली ग्रामीण समाजमा बढ्दै गइरहेका बेला उनी नमूना महिला हुनुहुन्छ । आफैँले कमाएको पैसाले घर खर्च चलाउनुका साथै भैँसी खरीद, घाँस, दाना खरिदसँगै केही रकम बचत गर्दै आएको उनले बताइन ।
 
“कुनै पनि काम सानो ठूलो हुँदैन, तर जुन काम गरिन्छ त्यसमा ध्यान दिएर मेहेनतका साथ गर्नुपर्छ तबमात्रै सफल भइन्छ”, उनले भनिन्, “मैले कमाएको पैसाले घरखर्चसहित अन्य खर्च तथा लगानी गरेकी छु, श्रीमान्ले विदेशबाट पठाउनुभएको पैसाजस्ताको तस्तै राखिदिएकी छु, चलाउनुपरेको छैन ।” उनले  हालसम्म रु १५ लाख लगानी गरेकी छन् ।  दूध, घ्यू तथा मल बिक्रीबाट मासिक रु एक लाख बढी आम्दानी गर्दछिन् । उनको  फर्मबाट उत्पादन भएको दूध नजिकैको त्रियासी बजार तथा वालिङमा खपत हुने गरेको छ । दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ भने प्रतिलिटर दूध रु ७० देखि ९० सम्म बिक्री हुन्छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending