Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित

खबरडबली संवाददाता

गण्डकी । आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । 

मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् । “आर्थिक विपन्नताका कारण परिवारको दैनिकी टार्न त मुस्किल छ नै, त्यसमा पनि मानसिक रोगी दुबै छोरीलाई छाडेर मजदूरी गर्न जान सक्ने अवस्था छैन । यसले परिवारको गर्जो टार्ने समस्या झन बढेको छ, बुबा दिपराज तिमिल्सिनाले भन्नुभयो ।” 

पुसको कठ्याङग्रिदो जाडोमा ठूली छोरी टिका बाख्राको खोरमा डसना विनाको खाटमा सुत्तदै आएकी छन् भने अर्को छोरी छलि बाबु आमा सुत्ने कोठाको छेउमा सानो खाटमा कष्टकर जीवन विताउन बाध्य छन् । “पोखरादेखि मुस्ताङसम्म भारी बोकेर कमाएको रु ६० हजार खर्च गरेर १२ वर्षअघि पोखरस्थित गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक अस्पतालमा दुबै छोरीको उपचार गराउँदा पनि निको भएन” उनले भने, “आर्थिक अवस्था कमजोर हुँदा अहिले दुबै छोरीलाई उपचारका लागि अस्पतालसम्म पनि पुर्‍याउन सकिएको छैन् ।” 

उनका अनुसार छोरीहरु दिसा पिसाव जथाभावी गर्छन्,  कोठाबाट बाहिर निस्कने वित्तिकै ताउलामा राखेको गाईभैंसीको कुडो खाने, आङ्गनमा सुकाएको बिस्कुन सबै फाल्दिने र दिदीबहिनी बीच झगडा गर्ने गर्दछन् । “जन्मदा त राम्रै थिए, जन्मने वित्तिकै नभई केही समयपछि मात्र रोए र लामो समयपछि हिडे, दुवै जना आकाशतर्पm बढी हेर्दथें । अहिले आएर दुवै मानसिक रुपमा विछिप्त अवस्थामा छन्”, उनले भने, “सन्तानबाट सहयोग पाउनु पर्ने अवस्थामा उल्टै हुर्केका छोरोहरुको वाल्यकालमा जस्तै स्याहार सुसार र पालनपोषण गर्नुपरेको पीडा भोग्नु परेको छ ।” छोरीको उपचारका लागि सहयोग गरिदन उनले सबैसँग आग्रह गरेका छन् ।

“छोरीलाई हेरचाह गरेर घरमा नै बसौं भने आम्दानी हुँदैन । हातमुख जोर्न नै समस्या हुन्छ”, उनले भने, “छोरीलाई छुट्टाछुट्टै कोठामा थुनेर मजदूरी गरेर साँझ घरमा आउँदा उनीहरु दिसा पिसाव खेलाएर बसेका हुन्छन् । कुनै कुनै बेला त कोठामा नै हुँदैनन् । लाइटको सहायताले खोज्दै हिड्नु पर्दछ ।” सन्तानको माया लाग्छ । खर्चको अभावमा उपचार गर्न सकिएको छैन र उचित उपचार कहाँ हुन्छ भन्ने थाहा पनि नभएको दिपराज तिमिल्सिनाले बताए । 

आमा मिना तिमिल्सिनाले आँसु झार्दै भनिन्, “सानी छोरीले त आपैm पनि खाना खाने गर्छिन, ठूलीलाई खुवाई दिनुपर्दछ, शरीरको कपडा च्यात्ने, जथाभावी दिसापिसाव गर्ने र दिसा पिसाव खेलाउँदा घर नै दुर्गन्धित हुन थालेको छ ।”

आफ्नो खासै खेत छैन, अरुको खेत अधिया गरेर मानसिक रोगी दुई छोरी र एक छोरासहित पाँच जनाको जिविकोपार्जन गर्दै आएका सो परिवारले अहिले छोरीको उपचारमा सहयोग गरिदिन हुन विभिन्न सङ्घसंस्था एवम् व्यक्तिसंग हार्दिक अपिल गरेको छ । पहिलो सन्तान छोरीको विहे गरेर पनि नाति ६ वर्षको भइसकेको छ भने २२ वर्षीय छोरा सुरेश तिमिल्सिना पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् ।

उक्त परिवारको अवस्थाका बारेमा बुझन पीडितको घरमा नै पुग्नुभएका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष शोभामोहन सुवेदीले भने, “यस दु:खद अवस्थाबाट मुक्ति दिलाउनका लागि पहिले उनीहरुको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै उनीहरुलाई कोरोनाविरुद्धको खोप घरमा लगाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । “दुवै छोरीको अवस्था कष्टकर रहेको देखेर पहिलो चरणमा उनीहरुलाई बस्नका लागि सुविधायुक्त कोठा निर्माणका लागि रोटरी क्लव अफ पोखरा फिस्टेलले सहयोग गर्ने भएको छ”, उनले भने, “सुविधायुक्त कोठा निर्माणका लागि रु एक लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।” 

बागलुङ बसपार्कबाट पश्चिम सहिद स्मारक जामुनाबोट हुँदै कृषि सडकमार्पmत उनीहरुको घरमा पुग्न सकिने पर्यटकीय नगरी पोखरा नजिककै सुगम स्थानमा रहेर पनि खाउँखाउ लाउलाउ भन्ने उमेरका ती दुई दिदिबहिनीले उचित उपचारको अभावमा  कष्टकर जीवन विताउन बाध्य छन् । धर्म गर्नका लागि धार्मिक स्थलमा धाउनु पर्दैन्, आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुर्‍याउन नसकेर कष्टमा परेका यो परिवार यतिखेर छोरीको उपचार गर्ने सहयोगीको प्रतिक्षामा छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies