Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

तानसेन नगरपालिकाकोे राजस्व ५ करोड ७६ लाख भन्दा बढी

खबरडबली संवाददाता

पाल्पा । तानसेन नगरपालिकाले आव २०७७/०७८ मा रु पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा रु दुई करोड ६८ लाख ८५ हजार सङ्कलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसुदन घर्तीले बताए ।

शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पुर्‍याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व सङ्कलनमा प्रभावित भएको हो । नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो । नगरपालिकाले १८ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । राजस्व सङ्कलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो । 

नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य बिक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ । 

त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ । नगरपालिकाले आन्तरिकरुपमा रु चार करोड ४६ लाख ७७ हजार ६१५ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताए । राजस्व बाँडफाँटबाट रु एक करोड २८ लाख ६६ हजार ४५७ प्राप्त गरेको थियो । आव २०७६/७५ मा रु पाँच करोड ७८ हजार राजस्व प्राप्ति भएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending