Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

बोर्डको सहयोगमा पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ । 

नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुन:रुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन पर्यटन सूचना केन्द्र, आगन्तुक विश्रामस्थल, गोल घर, फोहर विर्सजनस्थल, पर्यटकीय क्षेत्र देखाउने चिह्न, सिसा घर, पिङ, लव स्टेशन, सुविधा सम्पन्न शौचालय, स्नान घर, सडक क्षेत्रमा नालीलगायत संरचना निर्माणको कार्यलाई अगाडि बढाइएको जागरुक समाजसँग समन्वय गर्दै आएको भीमराज अवस्थीले बताए  ।

स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको छ । भौतिक पूर्वाधार निर्माणका कार्य पुस मसान्तसम्म पूरा हुने लक्ष्य राखिएको छ । नगरपालिकाको सिमलफाँटा र जुडा क्षेत्रसँगै जोडिएको स्याली नदी छेउको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको कार्य भइरहेको वडाध्यक्ष जगतबहादुर सिंहले बताए  ।

“एकान्तमा रम्न चाहनेका लागि यो क्षेत्र गन्तव्यका रुपमा रहेको छ”, उनले भने, “चुरे क्षेत्रको मनोरम दृश्यावलोकनका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुरफाँटामा संरक्षित कृष्णसार अवलोकनकर्ताका लागि सहज हुनेछ ।” पर्यटकीय गतिविधि बढेसँगै स्थानीयस्तरमै रोजगारीको समेत सिर्जना हुने उनले बताए ।

पर्यटकीय क्षेत्रमा वडाकै लगानीमा युवालाई अनुदान रकम उपलब्ध गराएर नास्ता पसल सञ्चालनका लागि प्रोत्साहन गरिने उल्लेख गर्दै उनले यसका लागिसमेत भौतिक पूर्वाधार निर्माण हुने बताए । पर्यटकीय क्षेत्रमै ज्येष्ठ नागरिकका लागि विश्रामस्थलका लागिसमेत कार्य अगाडि बढाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending