Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नारायणगढ–बुटवल सडक: सडक किनारका संरचना हटाइँदै

सडक विस्तारका क्रममा ३५ हजार रुख काटियो

खबरडबली संवाददाता

नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ ।

आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए  । “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो”, आयोजना प्रमुख दिष्टीले भने, “योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन सुरु गरेको छ ।” सडक विस्तारका लागि ड्रेनेज खन्ने बेलामा खानेपानीको पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उनको भनाइ छ ।

“एक वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौँ, तर उहाँहरुले बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिनुभएन”, उनले भने, “अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदैछौँ, चाँडै हटाएर सकिन्छ ।” बिजुलीको पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उनले बताए  । 

“निर्माण पक्षले यस वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढाएको छ”, आयोजना प्रमुख दिष्टीले भने, “यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।” पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उनले भने । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मत गर्ने काम भइरहेको उनको भनाइ छ ।
 
९० प्रतिशत रुख काटियो

नवलपुर । सडक विस्तारका क्रममा पूर्वी खण्डमा करिब ९० प्रतिशत रुख कटान भइसकेको आयोजना प्रमुख रमेशकुमार दिष्टीले जनाएको छ ।  “सडक विस्तारका लागि हामीले करिब ३७ हजार रुख काट्दैछौँ”, उनले भने, “अहिलेसम्म ३५ हजार जति रुख काटिएको छ, अब केही स्थानमा मात्रै रुख कटानको काम बाँकी छ ।” रुख कटानको काम बाँकी रहेको विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने जङ्गल क्षेत्रमा रुख कटानको काम भइरहेको आयोजना प्रमुख दिष्टीले बताए । 

सो  सडक विस्तारको काम पूर्वी खण्डमा करिब १० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनको साइट प्रमुख फेरिएपछि कामले गति लिएको आयोजना प्रमुख दिष्टीले बताए । “पहिलेका साइट प्रमुखले काम नगर्ने, हामीलाई नटेर्नेलगायतका काम हुँदा सडक विस्तारले सोचेअनुसार प्रगति हासिल गर्न सकेको थिएन”, उनले भने, “अहिले नयाँ प्रमुख आएपछि कामले गति लिएको छ, अब भने काम तीव्रगतिमा हुनेमा हामी आशावादी छौँ ।” 

सडक विस्तारका क्रममा हालसम्म पूँजीगत खर्च जम्मा रु ३५ करोड ७५ लाखमात्रै भएको आयोजनाले जनाएको छ । सो खण्डको कूल लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सो सडकखण्डलाई विस्तार गर्दै चार लेनको बनाउन लागिएको हो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तारको सुरु भएको सो सडकको काम सुरु भएको करिब ३५ महिना पुगेको छ । निर्माण सुरु भएको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर काम सुरु भएको थियो । 

सो  सडकखण्ड करिब ५८ वर्षपछि विस्तार गरेर चार लेनको निर्माण गर्ने गरी काम भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा छ/छ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमी सडक भने तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालो चढ्ने खण्डमा थप एक लेन सडक निर्माण हुनेछ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy