Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

नदीजन्य पदार्थको उत्खननले जोखिम

खबरडबली संवाददाता

भजनी । कर्णाली नदीमा भइरहेको उत्खननका कारण टीकापुर जोखिममा परेको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द गरेको छ ।

यसभन्दा पहिलेका वर्षमा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थको उत्खनन गराउँदै आएको भए पनि यसवर्ष बाढीका कारण टीकापुर क्षेत्रमा ठूलो क्षति भएकोले पनि नगरपालिकाले नदीको ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खननका लागि ठेक्का नदिएको हो ।

नगरपालिकाले ठेक्का दिएपछि निर्माण व्यवसायीले मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने भए पनि त्यसको अनुगमन हुन नसक्दा र सजिलो ठाउँबाट आवश्यकता भन्दा बढी दोहन गर्दा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना नै खतरामा पर्न लागेको भन्दै गुनासो बढ्न थालेको थियो । त्यसपछि यसवर्ष नदीजन्य पदार्थको उत्खनन बन्द गरेको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताएका छन् ।

“उत्खननकै कारण कर्णाली नदीको जोखिम बढ्यो भन्ने कुरा आएपछि हामीले पनि त्यहीँ महसुस गरेर उत्खननको कामलाई बन्द गरेका हौं”, नगरप्रमुख रावलले भने, “तोकिएको अवधिमा ठेक्का नजाने र भनेको समयमा बन्द पनि गर्न पनि ठेकेदारले आनाकानी गर्ने भएका कारणले पनि केही समस्या ल्याएको थियो ।” यदी कुनै ठाउँबाट उत्खनन गर्नुपर्ने अवस्था आएमा आफ्नै स्रोतसाधनको प्रयोग गरेर काम गर्ने तयारी रहेको जनाइएको छ । नगर प्रमुख रावलले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीमा गर्दै आएको तटबन्ध ७५ प्रतिशत फेल भइसकेको बताए ।

उनले नदीको बहावलाई मध्यनजर गरेर निर्माण गरिएको भनिए पनि तटबन्धको कारण सुरक्षित भइन्छ भन्नु गलत सावित भइसकेको बताए । उता जानकी गाउँपालिकाले भने चालू आर्थिक वर्षमा पनि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले तत्कालीन जिल्ला विकास समितिले नै उत्खननको काम सुरु गरेको बताउँदै पालिकाले बन्द गरेपनि उत्खननको काम नरोकिने बताए । “उत्खननले जोखिम बढाएको भन्नु गलत हुनसक्छ । तर अनियन्त्रित उत्खननले भने निकै जोखिम बढाएको छ”, गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “नदीकाबीच भागमा भएका टापुलाई उत्खनन गर्न सकेको अवस्थामा भने धेरै राम्रो हुनसक्छ । ”

त्यस्ता टापु उत्खननका लागि ठेक्का दिएको उनकाे भनाइ थियो । । गाउँपालिकाले पाँच ठाउँबाट नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिएको छ । सामुदायिक वनसँग अधिकांश क्षेत्र जोडिएका कारणले पनि ठेक्का प्रक्रियामा नगए पनि चोरी निकासीबाट उत्खनन नरोकिने भएपछि बाध्य भएर ठेक्का दिनुपरेको अध्यक्ष चौधरीले बताए । 

“हामीसँग टीकापुर नगरपालिकाको जस्तो आफ्नै स्रोतसाधन पनि छैन । आवश्यक परेको समयमा उत्खनन गरेर थुपार्न सक्ने”, अध्यक्ष चौधरीले भने, “विगतका वर्षभन्दा यसवर्ष कडाइका साथ अनुगमन पनि गरेका छौँ । मापदण्डअनुसार मात्रै नदी उत्खननको ठेक्का दिएका छौँ ।”

टीकापुर, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको क्षेत्र पर्ने कर्णाली नदीमा हुँदै आएको अस्वभाविक दोहनले राष्ट्रिय गौरवको आयोजना नै धरापमा पर्ने खतरा बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । उता लम्की चुहा नगरपालिकाले पनि उत्खननको ठेक्का दिँदै आएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy