Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नम्रता श्रेष्ठसँग यौन प्रस्तावको समाचारले मन्त्री रिजाललाई टेन्सन

\"Minendra-Namrata\"काठमाडौं । विभिन्न समयमा विवादास्पद् समाचारको तारो बन्दै आएका सञ्चारमन्त्री मिनेन्द्र रिजाल यतिबेला छुट्टै तनाबमा छन् । केही ब्लगस्पटमा मन्त्री रिजालले नम्रता श्रेष्ठलाई यौन प्रस्ताब राखेको र प्रस्ताव अस्विकार पछि अवार्ड खोसीएको समाचारले उनलाई हैरानी बनाएको छ । सञ्चार मन्त्रालयद्वारा वितरण गरिने राष्ट्रिय चलचित्र अवार्डमा मन्त्री रिजालको मनोमानी भएको भनी समाचार सार्वजनिक भएको थियो । समाचारमा जनाइए अनुसार मन्त्री रिजालले नायिका नम्रता श्रेष्ठलाई यौन प्रस्ताव गरेको तर श्रेष्ठले अस्विकार गरेपछि उनको अवार्ड खोसीएको थियो । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नायिका ऋचा शर्मा लगायतका कलाकारहरुलाई अवार्ड दिइएको थियो । सोही समाचारबाट आजित बनेका मन्त्री रिजाललाई विभिन्न सञ्चार माध्यमबाट प्रतिक्रियाको लागि भन्दै आउने फोनले उनलाई हैरान बनाएको छ । ‘एउटै प्रश्नको उत्तर दिएर हैरान छु ।’ खबरडबलीसँग रिजालले भने, ‘ब्लग स्पटमा आएको समाचारको विषयमा जसले पनि जिज्ञासा राख्ने गरेका छन् ।’ समाचारमा जनाइएको घटनाबारे बोल्न भने उनी रुचाएनन् । ‘त्यो प्रतिक्रिया दिन लायक समाचार होइन ।’ उनी भन्छन्, ‘मलाई त्यो बारे प्रतिक्रिया दिने समय छैन ।’ समाचारमा जनाइएको विषयमा नायीका नम्रता श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल उठेन । छनौट कमिटिका सदस्य करिष्मा मानन्धरको मोबाइल नम्बर स्वीच अफ छ । मानन्धरको हवाला दिएर विभिन्न ब्लग स्पटले समाचार प्रकाशन गरेका थिए । अवार्ड वितरणप्रति मानन्धरले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending