Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

उपत्यकामा केकका प्रकार थाहा पाउन केक मेला

खबरडबली संवाददाता

ललितपुर । राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला । 

केक मेला (बेक फेस्ट) अर्थात् ‘बेकरी फेस्टिबल’ हामीले प्राय प्रयोगमा ल्याउने केक अर्थात् बेकरी परिकारका बारेमा जानकारी दिन आयोजना गरिएको हो । ललितपुरको पुल्चोकस्थित लबिम मलमा बुधबारबाट सुरु भएको यो मेलामा केकका प्रकार र परिकार राखिएको छ । जहाँ दर्शक पुगेर एकै ठाउँबाट एक सयभन्दा बढी केकका प्रकार र परिकारको जानकारी र स्वादको आनन्द लिने गरिरहेका छन् । अनि केकका पारखीहरुका लागि यो अवसर जुटाइदिएको छ बे्रकर्स हब नेपालले । 

केक नेपालमा पनि प्राय: जन्मदिन, वैवाहिक वार्षिकोत्सव, कुनै संस्थाको वार्षिकोत्सव अथवा भनौँ कुनै नयाँ र शुभकार्यको थालनीका लागि प्रयोग गर्ने गरिन्छ । पछिल्ला वर्षहरुमा नेपालमा केक काट्ने संस्कार नै बसेको छ तर यसरी नेपालीको संस्कार बनिसकेको केक के कसरी बन्छन् र ती कति प्रकारका र कस्ता हुन्छन् भन्नेबारेको जानकारी भने थोरैमात्र मानिसलाई होला । त्यसैले यही विषयमा जानकारी दिन र विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले ‘बेक फेष्ट’ को आयोजना गरिएको बताउँछन् बेकर्स हबकी संस्थापक दीपा भुसाल । 

“यसअघि विभिन्न प्रकारका खाद्यवस्तुको मेला (फुड फेस्टिबलं) नेपालमा हुुने गरेकामा केक तथा बेकरीका परिकारका बारेमा भने नेपालमा हामीले पहिलोपटक यो मेलाको आयोजना गरेका छौँ”, भुसालले बताए । 
 
शुक्रबारसम्म सञ्चालन हुने यो मेलाको बुधबार उद्घाटन भएको हो । यस मेलाको उद्घाटन तथा त्यसपछि सो मेलामा पुगेका युवा एवं व्यवसायीले यस्ता कार्यले नेपालमा पनि युवा उद्यमशीलताको विकास हुनुका साथै नवप्रवर्तन व्यवसायको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए । 

केक तथा बेकरीका परिकारको व्यवसाय गरीरहेका व्यवसायीले आफूले बनाएका परिकारको सही जानकारी र नयाँ उत्पादनको बारेमा सर्वसाधारण तथा खानामा चासो राख्ने पारखीलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरेको भुसाले बताए । मेलामा प्रत्यक्षरुपमा सेफहरुद्वारा केक तथा बेकरीका परिकार बनाइनुका साथै परिकारको प्रदर्शनी गरिएको छ । 

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म सञ्चालन हुने यस मेलाले नयाँ वर्षका लागि केक बिक्री गर्ने उद्देश्य पनि राखेको छ । प्रत्यक्ष बेकिङ्, बेकरी प्रदर्शनी, शेफ च्यालेञ्ज, केक रनवे, रोमाञ्चक खेल, साङ्गीतिक कार्यक्रमलगायत पनि सञ्चालन हुने भुसालले जानकारी दिए । 

यस मेलामा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका पाककलासमेत प्रस्तुत हुने बताइएको छ । ‘बेक फेष्ट’मा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको पाककलाको प्रस्तुतिका साथै सेफ च्यालेञ्ज जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ । केकका परिकारका साथमा केक रनवे कार्यक्रम यहाँको अर्को अकर्षण रहेको छ । 

मेलामा केक तथा बेकरीका परिकारका साथै यस्ता परिकार बनाउन आवश्यक सीप तथा प्रविधिका बारेमा समेत जानकारी दिने गरिएको छ । केकका पारखीका साथै केक बनाएर बेकरी व्यवसाय सञ्चालन गर्ने व्यक्तिका लागि पनि यो मेला लाभदायक हुने यो मेलामा आएका पोखराका अरबिन्द आचार्यले बताए । यो मेला र केकप्रति मानिसको आकर्षण देखेर आफूले पनि सानोतिनो बेकरी सञ्चालन गरौँ भन्ने आफूलाई लागेको विचार उनले सुनाए ।
 
युवा उद्यमीको नयाँ सोच

केक तथा बेकरी व्यवसायलाई सर्वसुलभ तथा व्यवस्थित गर्न र बजारमा स्थापित गर्न बेकर्स हब नेपालले प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत केक तथा बेकरीका परिकार बिक्री गर्दै आएको छ । एक वर्षअघि सुरु भएको बेकर्स् हबले देशमा बेकरीका क्षेत्रमा राम्रो प्रभाव पार्न सकिएको र यस व्यवसायलाई संस्थागत विकास गर्न थप कार्यहरु गर्ने तयारीमा रहेको पनि सो संस्थाकी सञ्चालक भुसालको भनाई छ ।

प्रविधिको प्रयोग तथा जनमानसमा अनलाइन व्यापरको ज्ञान र प्रयोग बढ्दै गएकाले केक तथा बेकरीका परिकार पनि अनलाइनमार्फत घर तथा संस्थामै पुर्‍याउन थालिएको छ । यसका कारण पछिल्लो समयमा माग पनि बढ्दै गएको उनले जानकारी दिए । 

केक तथा बेकरीका शुद्ध र स्वस्थकर परिकार उपभोक्ताले चाहेको समयमा खासगरी उपत्यकाका तीनै सहरमा सहजै उपलब्ध गराउँदै आएको उनले बताए । आफूहरुका उत्पादनभन्दा पनि साना तिना पसलमा मात्र उपलब्ध हुने गरेका केक र बेकरी आइटम हामी युवाको संस्थागत प्रयासलाई धेरै उपभोक्ताले मन पराएको उनले सुनाए ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy