Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुपर्छ : मुख्यमन्त्री राउत

खबरडबली संवाददाता
जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुपर्ने बताएका छन् । 
 
राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज जनकपुरधाममा आयोजित ‘बहुक्षेत्रीय पोषण योजनासम्बन्धी’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले पोषणसम्बन्धी सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकाले यसलाई जनस्तरसम्म लैजानुुपर्ने बताएका हुन्  । 
 
मुख्यमन्त्री राउतले अन्नको भण्डारको रुपमा रहेको प्रदेश नं २ मा बालबालिका कुपोषणको शिकार हुनुका प्रमुख कारण यससम्बन्धी जानकारीको आभाव रहेको उल्लेख गर्दै कुपोषणको समस्यामा सुधार ल्याउन पोषणसम्बन्धी कार्यक्रमलाई जनजनसम्म लैजानुपर्नेमा जोड दिए । प्रदेश नं २ अन्नको भण्डार मात्र नभई दूध, फलफूललगायत खाद्य सामग्रीको पर्याप्तता हुँदाहुँदै यसको उपयोगसम्बन्धी जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दु:खद् रहेको बताउँदै उनले पोषणसम्बन्धी तथ्याङ्कले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाए पनि सन्तोषजनक नरहेको उल्लेख गरे । 
 
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्करप्रसाद साहले पोषणसम्बन्धी कार्यक्रमलाई सहरी क्षेत्रमा नभई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिलाविक्रम थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झालगायतले प्रदेश नं २ मा पोषणको अवस्था र सुधारका लागि अपनाउनुपर्ने नीतिका विषयमा सहजीकरण गरेका थिए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy