Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउने काममा राेक, आजै छानबिन समिति बन्ने

खबरडबली संवाददाता

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य  रोक्न र त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएका थिए । उनले निर्देशन दिए लगतै  दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानबिन गर्न समिति बनाइने भएको छ ।

मन्त्रालयले दरबार संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर उत्पन्न विवाद तथा त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित समिति बनाउने तयारी गरेको जनाइएको छ । 

मन्त्रालयका अनुसार छानबिन समिति बनाउनका लागि गृहकार्य भइरहेको र सम्भवत: आजै (बिहीबार)सो समिति बन्ने जनाइएको छ  । 

मन्त्रालयले समिति कसको नेतृत्वमा र कति सदस्यीय बन्नेबारे निर्णय भइनसकेको जनाए पनि  मन्त्रायलका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा उपसचिव पौडेलसहित पाँच सदस्यीय छानबिन समिति बनाउने प्रस्ताव गरिएको जनाइएको छ । 

मन्त्री प्रेमबहादुर आलेको सचिवालयले हप्ता दिनको समय दिएर सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि समितिलाई जिम्मेवारी दिने तयारी रहेको जनाएको छ।

दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि  बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेको कुरा बाहिरीएको छ । 

संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको र त्यसको ठेक्का प्रक्रियामा बतास समूहलाई उच्चतम लाभ हुने गरी प्रक्रिया मिलाएको आरोप छ । यससम्बन्धी खबर सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies