Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बरभञ्ज्याङ आगलागीबाट एक करोड ९० लाख बराबरको क्षति

खबरडबली संवाददाता

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०:४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा उहाँको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद रु सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा रु ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उक्त आगलागी छिमेकी रामजीत राई र मनबहादुर राईको घरमासमेत सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करिब रु ३५ लाख मूल्यका सम्पूर्ण सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करिब रु पाँच लाख मूल्यको क्षति भएको छ ।

यस्तै मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैँची गोदाम तथा रञ्जना राईको टेलर्समा आगलागी हुँदा रु ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नाङगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो । 

फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिउ  । आगलागीमा घरबार गुमाएका छिमेकीको शरणमा बसेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies