Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ: पूर्वमन्त्री अधिकारी

रासस

गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षक पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताएका छन् । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  शैक्षिक उन्नयनका लागि  शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याए  । 

उनले  विद्यालयस्तरबाटै विद्यार्थीलाई राष्ट्रियताको भावना विकास गराउनतर्पm लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने शिक्षिका रस्मिला खनाल, पूर्वविद्यार्थी मनबहादुर भुजेल तथा राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य दुर्गाबहादुर विक र पूर्वप्रधानाध्यापक रोशनलाल गुरुङलाई शिवालय वर्ष सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा रु तीन लाख तथा पूर्वविद्यार्थी डा नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि रु ५० हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाले शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्दै आएको जनाउँदै प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, डा गणपति ओझा, रोशनलाल गुरुङ, पूर्वविद्यार्थी डा नारायण ओझा, मनबहादुर भुजेल, राजेन्द्र ओझा, दुर्गाबहादुर विक, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, सल्लाहकार बलबहादुर गुरुङ, पूर्वविद्यार्थी मञ्चका उपाध्यक्ष शिवराज सुवेदीलगायतले गुणस्तरीय शिक्षाका लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए  । 

विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विसं २०१७ मा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending