Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

खबरडबली संवाददाता

टिकापुर । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ ।

जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । “खोप लगाउनेको सङ्ख्या बढ्दै गएको छ । हामीले खोपका कार्यक्रम नियमितरूपमा गरिरहेका छौँ”, धामीले भने, “कैलाली कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले पनि यहाँ नियमित खोप कार्यक्रम भइरहेका छन् । नागरिक अनिवार्य खोप लगाउनुपर्छ भन्नेमा समेत सचेत भएका छन् ।”

कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ । बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताए । “बालबालिकाको सङ्ख्याभन्दा केही मात्रा कम खोप आएको छ । हामीले थप माग गरेका छौँ”, धामीले भने, “सबै बालबालिकालाई समयमै खोप लगाउन सुरु गरिएको छ ।”

कैलालीको टीकापुर नगरपालिकाले पनि आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने भएको छ । १८ गतेदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले जानकारी दिए । “हरेक विद्यालय र पायक पर्ने विभिन्न स्थानमा खोप केन्द्र राखेर विद्यालय तथा समुदायमा रहेका बालबालिकालाई खोप लगाउँदैछौँ”, रावलले भने, “खोप लागउने भनेपछि अभिभावक र शिक्षक खुशी हुनुभएको छ । लामो समयदेखि बालबालिकालाई खोप माग गर्दै आएका अभिभावक तथा शिक्षकको मागसमेत पूरा भएको छ ।”

टीकापुर नगरपालिकामा १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ६६ प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइसकेको रावलले बताए  । यस्तै कैलालीकै जानकी गाउँपालिकाले पनि आजदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार ९४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । “कोरोना महामारी समुदायमा फैलिएपछि पुसको अन्त्यबाट बन्द भएका यहाँका विद्यालय खोप लगाएपछि खुल्ने आशा सबैमा छ”, चौधरीले भने, “बालबालिकाको सुरक्षा र शैक्षिक गतिविधि सञ्चालनका लागि पनि खोप आवश्यक थियो । हामीले खोप आउने बित्तिकै सुरु गर्न थालेका हौँ ।”

कैलालीका सबैजसो पालिकामा यसै साताभित्रै खोप अभियान सञ्चालन हुने भएका छन् । अभिभावक खोप अभियान सञ्चालन हुन थाल्दा खुशी भएका छन् । विद्यालयले बालबालिकालाई सूचना गरी अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । “लामो समयदेखि पढाइ नहुँदा बालबालिका गाउँमा सडकमा खेलिरहेका हुन्थे, केही बालबालिका टेलिभिजन र मोबाइलमा ब्यस्त रहन्थे”, शिक्षक पूर्ण विकले बताए, “खोपपछि विद्यालय नियमित भएमा बालबालिकाको शैक्षिक विकासमा असर पर्दैन ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies