दाङ । दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाएको जानकारी दिए । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ ।
यसैबीच तुलसीपुर उपमहानरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सो उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा अध्ययनरत नौ हजार ५२ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरेको छ ।
जनस्वास्थ्य प्रवद्र्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीका अनुसार १८ वटा वडामा रहेका विद्यालयमा २१ वटा खोपकेन्द्रबाट छ हजार ७६३ छात्रा र चार हजार ३८९ जना छात्रगरी कूल नौ हजार ५२ जनालाई खोप प्रदान गरिएको हो ।
१२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिइरहेको र सो खोप आज पनि जारी रहने केसीले जानकारी दिए । कोरोना खोपसँगै विद्यालयका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम पनि जारी रहेको छ ।
सो चक्कीले रक्तअल्पताबाट जोगाउन मद्दत गर्दछ । हरेक किशोरीले हप्तामा एक चक्की वर्षमा १३ हप्तासम्म खानुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: