मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्दै । उनले २०७४ साल माघ १८ गते प्रदेशसभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको छ भने ।
उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्वासनीय बनाउने जनशक्तिलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै भएको बताए । यसबाट मात्र नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुने उनले विश्वास व्यक्त गरे ।
प्रदेशसभाले आगामी दिनमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयमा विधि निर्माण गरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरका जनताको जनजीविकाको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए ।
उनले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउदै यस प्रकारका आकांक्षा र विश्वासलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रीत रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक भएको उल्लेख गरे ।
त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लागए । उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए । उनले कहीँकतै कमी कमजोरी भएका छन् भने आ–आफ्नो ठाउँबाट समीक्षा गर्दै सुधार्नु पर्ने र सबैको उद्देश्य समग्र प्रदेशको विकास नै हुनुपर्ने बताए ।
उनले चाँडै प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य पुष्टि हुनेसमेत बताए । उनले भने “प्रदेश सरकारले मन्त्रालय विभाजन गर्यो भनेर, विभिन्नस्तरमा टिक्का टिप्पणी भइरहेको छ भन्ने सुनिन्छ, हामीले मन्त्रालय विभाजन भागबण्डा मिलाउन होइन, जनताप्रति प्रदेश सरकारको उत्तरदायित्व धेरै भएकाले तीव्र गतिमा काम गर्न मन्त्रालय विभाजन गरेका हौँ । र, त्यसको औचित्य चाँडै पुष्टि हुनेछ । कहीँकतै कसैले शङ्का उपशङ्का गरिरहन जरुरी छैन ।”
उनले कोरोनाको महामारीबाट जनतालाई जोगाउनेदेखि प्रदेशमा बन्द अवस्थामा रहेका उद्योग धन्दा सञ्चालनमा ल्याउने, रासायनिक मल कारखाना खोल्ने, राष्ट्रिय गौरवको आयोजनाको कार्यमा प्रदेश सरकारले सक्रिय ढङ्गबाट कार्य अघि बढाइरहेको बताए ।
त्यसैगरी कार्यक्रमको सभाध्यक्षसमेत रहनुभएका सभामुख श्रेष्ठले आफूले सबै राजनीतिक दल र सत्तापक्ष वा प्रतिपक्ष कसैलाई पनि पूर्वाग्रही ढङ्गबाट नभइ समान रुपमा हेरेको स्पष्ट पारे । उनले प्रदेशसभा सुचारु गर्ने, प्रदेश सरकार सञ्चालनको लागि आवश्यक नीति निर्माण गर्ने, राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्ने, समग्र प्रदेशको विकासका काम गर्ने सन्दर्भमा आफू सदैव सहयोगीको रुपमा रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, मन्त्री, प्रदेशसभा सचिवालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: