काठमाडाैँ । नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ । नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमश: दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सूर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम्तिमा एक भूपू सैनिक सम्मेलन गर्ने अभ्यास हँुदै आएको छ ।
सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास र निवृत्तिभरण बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्ति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विभिन्न कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगञ्जस्थित कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्नेछन् । बोर्डले सम्मेलनमा सहभागीलाई अशक्त आश्रितलाई ह्वील चियर, बैसाखी तथा अरुलाई दैनिक तथा भ्रमण भत्तालगायतका सुविधा प्रदान गर्नेछ ।
सम्मेलनका क्रममा लघुवित्त कार्यक्रम सहुलियत कर्जाका ऋणीलाई चेक तथा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कार प्रदान गरिने छ । बोर्डले भूपूसैनिक र उनका परिवारलाई लक्षित गरी सम्मेलनका क्रममा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: