Khabar Dabali २४ मंसिर २०८१ सोमबार | 9th December, 2024 Mon
Investment bank

अध्यक्ष ओली भन्छन्– सभामुखलाई एमसिसी रोक्ने अधिकार छैन

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको थापाथलीस्थित पार्टी कार्यालयबाट भर्चुअल रुपमा उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पेश गर्दिन भन्ने अधिकार सभामुखले नभएको बताए । 

‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।  ‘यो गठबन्धनको निरीहता हो । अधिकारको सीमाभन्दा बाहिर जाँदा पनि कोही चुइँक्क बोल्दैन । संसदले के गर्छ त्यो आफ्नो ठाउँमा होला, संसदलाई निर्णयार्थ दिनुपर्‍यो त्यो अधिकार ।’

एमसिसीका सम्बन्धमा सत्ता गठबन्धनकै नेताहरुले दिएको विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनाको विषयलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोशिश गरेको ओलीको आरोप छ ।

‘एमसिसीका अधिकारीहरुसँग दुई नेताले गोप्य पत्राचार गर्छन्, चार पाँच महिनाको समय दिए हामी पास गर्छौं भनेर किटानी गर्छन् । ओलीले भने, जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन् । गठबन्धनको एउटा नेता पक्षमा बोल्छ अर्को विपक्षमा बोल्छ ।’

प्रधानमन्त्रीले एमसिसीलाई पत्र लेख्ने कुरा प्रोटोकलका हिसाबले, राष्ट्रिय स्वाभिमानका हिसाबले अपमानजनक कुरा भएको ओलीको दाबी छ ।

ओलीले भने, ‘सत्ता गठबन्धनकै नेता एउटा पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ । अमेरिकासँग एक खाले, अरु देशसँग अर्कै खाले कुरा गर्छ, जनतासँग एउटा कुरा गर्छ, पार्टीसँग अर्कैखाले कुरा गर्छन् । यो अत्यन्तै गैर जिम्मेवार धोकापूर्ण र दुईजिब्रे व्यवहार देखाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy