Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पहिरोको त्रासले दरवासीले घर छाड्न थाले

\"Myagdi_district_location\"म्याग्दी । म्याग्दीको मुना–७, ८ र ९ मा पर्ने दर गाउँका बासिन्दाले पहिरोको त्रासले घर छाड्न थालेका छन् । बस्ती माथिको बारी धाँजा फाटेर पहिरो खस्न थालेपछि सम्भावित दुर्घटनाबाट बच्नका लागि सुरक्षित ठाउँको खोजीमा लागेका हुन् । बेसीका गोठ र डाँडामा रहेका आफन्तको घरमा गएर रात बिताउँदै आएका स्थानीयवासी सुरक्षित स्थानमा अस्थायी बसोबासको तयारीमा छन् । यही साउन १३ गतेको भीषण वर्षापछि दर गाउँभन्दा करिब १६० मिटरमाथि रहेको २०० रोपनी जमिन धाँजा फाटेर निरन्तर पहिरो खसिरहेको स्थानीयवासी बेलबहादुर पाइजाले जानकारी दिए । ९९ घरपरिवारको बसोबास रहेको दरगाउँका २९ घर उच्च र ४७ घर अति जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अति जोखिम र उच्च जोखिममा रहेका घरका बासिन्दालाई त्यहाँ नबस्न अनुरोध गरेको छ । जुनसुकै बेला पहिरो खसेर घर पुर्ने खतरा भएकाले बेसीमा हिउँदमा बस्न बनाएको गोठमा सरेको दरकी रुपसरा बुढाले बताए । गुजुमुज्जु बाक्लो घर भएको दरगाउँको झारखोला र सूर्यज्योति प्राविलगायत आसपासका घर उच्च जोखिममा परेका छन् । ‘कतिबेला पहिरो खस्ने हो थाहा छैन ? आकाशमा कालो बादल देखिँदा झनै डर लाग्छ’, डोकोमा दाउरा र खर्च बोकेर बेसीको गोठतर्फ झर्दै गरेकी बुढाले भनिन्, ‘दिउँसो गाउँ गएर घर र खेतबारीको काम गर्ने, साँझ परेपछि गोठ जाने गरेका छौँ । बर्खा नरोकिएसम्म गाउँको घरमा बस्न डर छ ।’ दरगाउँदेखि माथि रहेको मकैबारीमा एक मिटर सम्मको धाँजा फाटेर पूरै जमिन चिराचिरा परेको छ । चिरा परेको जमिनभित्र पाखोबाट आएको भल र आकासे पानी पसेर हिलो बनेपछि पहिरो बग्न थालेको पहिरोको अनुगमनका लागि दर गएर फर्किएका जिल्ला भूसंरक्षण कार्यालयका सबइन्जिनियर वीरेन्द्र महतोले बताए । जोखिमयुक्त घरका बासिन्दालाई सुरक्षित ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाउने पहल र अस्थायी बसोबासका लागि ठाउँको खोजी र त्रिपाललगायत राहत सामग्री जुटाउन समन्वय भइरहेको मुना गाविसका सचिव विष्णुप्रसाद पौडेलले बताए । जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले दरका पहिरोपीडितका लागि बेनीबाट पाल पठाए पनि सडक र घोरेटोबाटोको खराब अवस्थाका कारण समयमै सम्बन्धित ठाउँसम्म पु¥याउन कठिनाइ भएको छ । त्यहाँ पुगेका पालसमेत सानो भएको स्थानीयवासीले गुनासो गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending