Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

बालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

खबरडबली संवाददाता

काठमाडौं  । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ ।  प्रधानमन्त्रीको सचिवालयले बैठक बालुवाटारमा केहीबेर अघि सुरु भएको जनाएको छ । 

गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे गम्भीर छलफल भएपनि गठबन्धनले सहमतिका लागि कुनै निर्णय गर्न सकेको थिएन । गठबन्धन बैठकले निर्णय लिनुअघि सत्तासाझेदार पार्टीहरुको आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आज बस्ने गरी स्थगित भएको थियो । 

मूलत: एमसीसी सम्झौताको प्रस्ताव संसदमा लैजाने विषयमा सत्तागठबन्धनवीच फरक–फरक धारणा रहिआएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी टेबल गर्ने पक्षमा रहेका छन् ।  तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने जनाउँदै आइरहेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा पहिलोपटक राष्ट्रिय न्यायिक समिति सम्मेलन हुँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ।  काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा प...

पत्रकारको हितमा आमसञ्चार विधेयक : मुख्यमन्त्री अधिकारी

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्। अनलाइन पत्रक...

चन्द्र भण्डारीलाई सरकारले दियो ५५ लाख उपचार खर्च

काठमाडौं। आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ। गत महिना खाना पकाउने...

सभामुख घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याए

काठमाडौं। सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याएका छन् । पत्रकार महासंघका पदाधिकारीसँगको छलफल सोमबार सभामुख घिमिरेले आफ्नो...

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भए...

आसिफलाई सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं। सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन्। मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान ...

मेरो भारत भ्रमण वैशाख पहिलो साताभित्र हुन सक्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भम्रण चाँडै हुने बताएका छन् ।  सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्...

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

बर्दिया। बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।  मधुवन नगरपालिका ५  का ...

आचारसंहिताको उल्लंघन गर्ने ३५ युट्युब च्यानललाई कारबाही गरिने

काठमाडौँ।  काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउ...

साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौँ।  साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१ को फराकिलो हार व्यहोरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page