Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य

खबरडबली संवाददाता

बाग्मती । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छन् । उनले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रुपमा आफूहरुले भूमिका खेलेको बताइन् ।

जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि सङ्किर्ण सोच राख्न नहुने शाक्यले बताइन् । उनले प्रदेशको आफूहरुसमेत सहभागी भई तयार गरेका सुरुङमार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताइन् ।

“मुख्यमन्त्रीले विद्युतीय बस सञ्चालनका लागि तथा सुरुङमार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद्मा उभिएर भन्नुभएको कुरा नाजायज छ” उनले भनिन्  । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाइ थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending