काठमाडौँ । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’ र सङ्क्रमण परीक्षणमा ‘क्लिया’ छन् । नेपालको रक्तसञ्चार सेवालाई थप सुदृढ बनाउन कोसेढुङ्गा ठहरिएका ती दुई नवीनतम् प्रविधिलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त केन्द्रले मङ्गलबारदेखि सुरुआत गर्दैछ ।
विभिन्न साझेदारका सहयोगमा रक्तसञ्चार सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्नसमेत थालनी गरिएको छ । केन्द्रका निर्देशक दिव्यराज पौडेलले भने, “ ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा’को अवधारणालाई कार्यान्वयन गर्न यस केन्द्रले नयाँ प्रविधिमार्फत सेवा सुरु गर्न लागेको हो । यसले नेपालको रक्तसञ्चार सेवाको स्तर वृद्धिमा युगान्तकारी परिवर्तन ल्याउनेछ ।”
दाताका रगतमा हुने प्लाज्मा, रातो कोष, सेतो कोपा र प्लेटलेटजस्ता तत्वलाई छुट््याएर चाहिएको रक्ततत्व रक्तथैलीबाट झिकेर बाँकी तत्व दाताकै शरीरमा फर्काउने प्रविधिलाई नै ‘एफरेसिस’ भनिन्छ । यसैगरी अत्याधुनिक परीक्षण प्रविधिमा ‘क्लिया’ विश्वकै उच्च खालको नवीनतम् प्रविधि हो । तीनसयदेखि ४५० मिलिलिटर पूर्ण रगत (ध्जयभि दयियम) दान भइरहेकामा एफेरेसिस प्रविधिले खासगरी प्लेटलेट र प्लाज्मा चाहिएमा ती तत्व मात्रै दान गर्न र प्राप्त गर्न सकिन्छ । यस प्रविधिबाट दान गर्दा दाताले अर्को पटक दान गर्न तीन महिना पनि कुर्नुु नपर्ने जनाइएको छ ।
उनले बताए, “एफरेसिस प्रविधिबाट एक/एक महिना वा अत्यावश्यक परेको बेला त्योभन्दा कम अन्तरमा पनि दान गर्न सकिने भएकाले दाता उपलब्ध गराउन सघाउ पुर्याउँछ । रगत आवश्यक परेको बिरामीलाई जुन तत्व चाहिएको हो, त्यो मात्रै दिँदा बढी प्रभावकारी हुन्छ । क्यान्सर पीडित र प्लेटलेट कम हुने रक्त समस्या भएकालाई यसले सहज बनाउनेछ । छ देखि आठ युनिट पूर्ण रगत चढाउनुपर्नेलाई एफरेसिस एक युनिट प्लेटलेट मात्रै चढाए पुग्छ ।”
रक्त जीवाणु परीक्षणमा ‘क्लिया’
रगत सङ्कलन शिविर अथवा रक्तसञ्चार केन्द्रमा सङ्कलन भएको रगत बिरामीलाई दिनुपूर्व अनिवार्य विभिन्न जीवाणु परीक्षण गरिनुपर्छ । केन्द्रीय रक्तसञ्चार सेवामा र्यापिड वा इलाइजा प्रविधिबाट हुने गरेको ह्युमन इमिनु डिफिसेन्सी भाइरस, हेपाटाइटिस बी र सी भाइरसका साथै ट्रिपोनियमा प्लाडियम परीक्षण मङ्गलबारदेखि क्लिया प्रविधिबाट हुने जनाइएको छ ।
“यसबाट परीक्षणको गुणस्तर बढ्ने र बिरामीलाई अझै सुरक्षित रगत प्राप्त हुनेछ । बिरामीको सुरक्षा पहिलो प्राथमिकता हो,” निर्देशक पौडेलले भने ।
उक्त केन्द्र र स्वास्थ्य मन्त्रालयले रगतको शुल्क समायोजनका लागि गृहकार्य गरिरहेको छ । यसको निर्णय नआएसम्मका लागि सो प्रविधिबाट तयार हुने रगत वा रक्ततत्वको ‘क्रसम्याच’ बाहेक प्रतियुनिट एक हजार १०० परीक्षण शुल्क कायम गरिएको जनाइएको छ । यसैगरी रक्तसञ्चार सेवामा प्रविधिमैत्री व्यवस्थापन कार्यान्वयनमा ल्याइएको छ । उनले भने, “रगतको उपलब्धता तथा प्रतिवेदनमा विद्युतीय प्रणाली प्रयोगका लागि क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु गरिएको छ ।”
रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) तथा लाइफ बैंकको प्राविधिक सहयोगमा रक्तदान शिविरदेखि वितरणको प्रणालीसम्म विद्युतीय प्रणाली अवलम्बन गरिने निर्देशक पौडेलले जानकारी दिए । यसबाट अस्पताल, दाता र बिरामीले सहजै रगतको मौज्दातबारे जानकारी पाउने छन् । केन्द्रमा रगत लिन आउने बिरामीका आफन्तले सहजै ‘डिस्प्ले’मार्फत सूचना तथा अन्य जानकारी पाउनेछन् । अगामी वैशाखसम्ममा यसको तयारी पूरा हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: