गलकोट । हिमपातका कारण तरकारीमा क्षति पुर्याउँदा बागलुङका किसानलाई रु १५ लाख ४० हजारको नोक्सानी भएको छ ।
गत माघ २१ गते भारी हिमपातका कारण किसानले ७० टनेलमा लगाएको तरकारी नष्ट हुँदा सो मूल्य बराबरको नोक्सानी भएको हो ।
हिमपातले किसानको प्लास्टिक टनेलमा व्यापक क्षति पुर्याएको गुनासो आएपछि कृषि ज्ञान केन्द्र बागलुङले सङ्कलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रमा किसानले निर्माण गरेका ७० टनेलमा क्षति पुर्याउँदा रु १५ लाख ४० हजार नोक्सानी भएको छ ।
आधुनिक तरकारी खेतीका लागि किसानले विभिन्न स्थानमा निर्माण गरिएको ७० टनेलमा क्षति पुर्याएको थियो । अन्य खेतीलाई भने हिमपातले राम्रो गरेको केन्द्रले जनाएको छ । बाक्लो हिमपात थेग्न नसकेर किसानले स्थापना गरेको प्लाष्टिक टनेलमा क्षति पुर्याएको र टनेल मर्मतका लागि राहत दिनका लागि पहल भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।
“सानो हिमपातले त किसानलाई फाइदै पुर्याउँछ, गहुँ जौको उत्पादनमा वृद्धि गराउँछ तर यस पटक बागलुङको उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ”, उनले भने “हिमपातले अन्य बालीलाई राम्रो गरेपनि प्लाष्टिक टनेलमा क्षति पुर्याएको छ, टनेल मर्मतका लागि प्लाष्टिक दिने योजनामा छौं, टनेलसंगै त्यसभित्रका टमाटरलगायतका तरकारीमा समेत क्षति भएको छ ।”
कृषि ज्ञान केन्द्रका अनुसार एउटा टनेलमा झण्डै २२ हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । हिमपातका कारण सबैभन्दा बढी क्षति ढोरपाटन नगरपालिकामा किसानले निर्माण गरिएको टनेलमा भएको छ । सो नगरपालिकामा ४५, ताराखोला गाउँपालिकामा ५, तमानखोला गाउँपालिकामा ५, काठेखोला गाउँपालिकामा ५ र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत जिल्लाभरका १० टनेल गरी कूल ७० टनेलमा क्षति पुर्याएको हो ।
डायमण्ड कृषि फार्मका सञ्चालक तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामणि छन्त्यालले आफ्नो फार्ममा रहेका दुई हाइटेक प्लास्टिक टनेलमा क्षति पुर्याएको जानकारी दिए । अधिकांश क्षेत्रमा टनेलको प्लास्टिक च्यातिएको र बीचको डण्डी हिमपातका कारण भाँच्चिएको छ । कृषि ज्ञान केन्द्रले तत्कालै राहत दिन नसकेपनि अनुदानमा प्लास्टिक दिने योजना रहेको जनाएको छ ।
नपसाएको गहुँ, जौं र आलु खेतीमा हिमपातले राम्रो गरेका कारण उत्पादन बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । हिमपातले टनेल बाहेकका अन्य बालीको उत्पादन बढाउन सक्ने बताइएको छ । हिमपातका कारण उच्च पहाडी भागका जग्गामा राम्रो सिँचाइ पुगेको छ । ज्ञान केन्द्रका अनुसार वर्षाका कारण पानीले क्षति पुर्याएको धानबालीका किसानलाई राहत दिनसमेत अहिले समस्या भएको छ ।
विसं २०७८ असोज ३१ पछिको वर्षाले गलकोटमा ५६० हेक्टर जग्गाको धानमा आंशिक क्षति भएको थियो भने जिल्लाभर रु एक करोड ४८ लाख बराबरको धानबालीमा नोक्सान भएको अवस्था भए पनि कार्यविधिको असहजताका कारण किसानलाई राहत दिन समस्या भएको ज्ञान केन्द्र बागलुङले जनाएको छ । “तत्कालै अनुगमनमा समस्या भयो, पानी बसेपछि किसानले धान उठाए, तर कार्यविधिमा वडा र पालिकाको सिफारिस तथा अनुगमन गरेको खुल्न आवश्यक छ”, केन्द्रका प्रमुख ढकालले भने, “लालपूर्जा, खेतीको विवरण तथा सिफारिसलगायतका झन्झटिलो प्रक्रियाले किसान राहत लिन नआएको पाइएको छ, कार्यविधि बाहिर गएर राहत दिन हामीलाई समस्या छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: