Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पुस्तक समीक्षा: पत्रकार थापाको पत्रकारिता, साहित्य, इतिहास र राजनीतिक ‘बकपत्र’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली पत्रकारहरू समाचार, आलेख, अन्तर्वार्ता मात्र तयार गर्दैनन्, साहित्यका साथै संस्मरणात्मक लेखन र आफ्ना अखबारी लेखन सङ्ग्रह गरी पुस्तकको रूप दिँदै लेखकका पनि परिचित हुँदै छन् । पत्रकार तथा साहित्यिक पत्रकारका रूपमा परिचित मदनमणि दीक्षित, वासु रिमाल यात्री, लीलासिंह कर्मा, दुर्लभलाल सिंह, हरि अधिकारी, ध्रुवहरि अधिकारी, किशोर नेपाल, पुरुषोत्तम दाहाल, प्रमोद प्रधान, श्रीरामसिंह बस्नेत, डा देवी दुलाल, नारायण वाग्ले, विष्णु निष्ठुरी, सुधिर शर्मा, बबिता बस्नेत आदि केही साहित्यिक हस्ताक्षर वा लेखक पनि हन् ।  पन्नालाल गुप्ता चाचाजी, चन्द्रलाल झा, पद्मरत्न तुलाधर, पुष्करलाल श्रेष्ठ आदिको जीवनी, लेखसङ्ग्रह र वृत्तचित्र पनि अन्य व्यक्तिमार्फत प्रकाशनमा आएका छन् । समाचार वा आलेख समाचारमा समेट्न नसकेका विषयलाई निबन्धात्मक वा संस्मरणात्मक रूप दिँदा ती पत्रकारहरूलाई अझै सन्तुष्टि मिल्दो हो वा मिल्थ्यो । भारतमै पत्रकार खुशवन्त सिंह चर्चित लेखकका रूपमा गनिएका थिए । 

पछिल्लो कालमा राज्यको आधिकारिक समाचार समिति ‘राष्ट्रिय समाचार समिति’का पूर्वप्रधानसम्पादक र पछि ‘अन्नपूर्ण’ दैनिकका नायब प्रधानसम्पादक खिलध्वज थापा अहिले ‘एक पत्रकारको बकपत्र’ शीर्षक संस्मरणात्मक पुस्तक प्रकाशन गराई सिङ्गो कृति लेखकका रूपमा देखापरेका छन् । यसअघि साहित्यिक पत्रिका ‘चित्कार’, ‘प्रकम्पन’, ‘सगरमाथा सन्देश’, ‘तलास’ र ‘लाफा’को पनि सम्पादन गरके साहित्यिक पत्रकार थापा कुनै बेला सल्मान रुस्दीको चर्चित कृति ‘सटानिक भर्सेस’(सैतानका श्लोकहरू)को अनुवाद गरेर पनि चर्चामा आएका थिए ।

प्रस्तुत कृतिमा लेखकले आफ्ना पुर्खा, परिवार, नातेदार र ग्रामीण बाल्यकाल, राजनीति, संसद्, गाउँ र राजधानीको जनजीवन तथा कतिपय ‘रासस’मा छँदा आफ्ना देशदेशान्तरका यात्रालगायत समाचार विषयका संस्मरणका साथै शाहवंश, पञ्चायत व्यवस्था र वीरेन्द्र वंशविनाश, आफूले अध्ययन गरेका पुस्तक, आफू कुनै राजनीतिक दलहरूमा आबद्ध हुँदाका अनुभव, यात्रासंस्मरण, केही दैनिकी आदि समाविष्ट गरेका छन् । कृतिका बीचबीचमा रोचक संवाद र संस्मरण राखेर लेखकले यसलाई अझ स्वादिलो बनाउन खोजेका छन् । साहित्यकार थापाको दैनिकीअन्तर्गत लिखित केही कविताको प्रविष्टीले पनि पुस्तकलाई अझ मीठो बनाएको छ । अझ लेखकलाई सुरापान अन्त्य गर्न आह्वान गरी कवि कृष्णभूषण बलले लेखेको ‘आज त बिसाऊँ होला थापाजी’ शीर्षकको कविताले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई सत्ता छाड्न आग्रह गरिएको अर्थ लगाउँदा कवि अप्ठ्यारामा परेको प्रसङ्ग रोचक छ । 

सावित्रा श्रीश, ललितपुरबाट प्रकाशित पुस्तकमा ‘रासस’बाट फ्रान्सको राजधानी पेरिसमा एसोसिएटेड फ्रेन्च प्रेसको पत्रकारितासम्बन्धी प्रशिक्षण लिने सिलसिलामा भाषाले पारेको समस्या, इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशनको पत्रकारिता प्रशिक्षणका सिलसिलामा काश्मिरदेखि कन्याकुमारीसँग गरिएको यात्राका क्रममा आफूले देखाएको देशभक्ति, तत्कालीन राजारानीको पूर्वाञ्चल भ्रमणमा रानी ऐश्वर्यले गरेको नाच र आफ्नो मदिरापान तथा चीन भ्रमणका क्रममा राजाले मदिरापानका लागि गरेको आग्रह, नेपालको लाङ्टाङमा गरिएको पर्वतीय बसाइ, भारत तथा युरोपेली मुलुकमा गरिएको रमाइलो रेलयात्रा, आफ्नो पत्रकारिता यात्रा, पत्रकार मित्रहरुसँगको हिमचिमपूर्ण जीवनको वर्णन गरिएको छ । कुनै बेला आफूलाई ‘सोसियल डं«कर्ड’ ठान्ने लेखकको आफ्नो मदिराप्रेम र त्यससँगको सम्बन्धको बखान पनि ठाउँठाउँमा आएको छ । 

कृतिको शीर्ष रचना ‘एक पत्रकारको बकपत्र’ मा पढैया लेखकले आफ्नो पत्रकार व्यक्तित्वको विशेषता झल्काउँदै पत्रकारिताकर्मका क्रममा आफूले लेखेका केही गल्ती समाचार र तारिफयोग्य समाचार सोदाहरण दिई केही समाचारमा भएको त्रुटिका कारण भने आफूसँग स्पष्टीकरण माग गरिनाका साथै जागिरबाट निकाला गरियोस् भन्नेसम्मको आदेश पाएको चर्चा रोचक ढङ्गले गरेका छन् ।  आफ्नो गल्ती इमान्दारीपूर्वक स्विकार्ने कमै लेखकमध्ये केही समयको सैनिक जीवनबाट भागेर पत्रकार बनेका थापा पनि परेका छन्  । युनाइटेड न्युज अफ इन्डिया(युएनआई)ले एक पटक नेपालसम्बन्धी सबै समाचार आफूले सङ्कलन र वितरण गर्ने प्रस्ताव नेपालसमक्ष राखेको र पछि राससलाई युएनआईको शाखाका रुपमा लैजाने त्यस्तो अनौठो र राष्ट्रियताविरुद्धको त्यस्तो प्रस्तावको आफूहरुले प्रतिकार गरेपछि सामसुम भएको नयाँ सूचना थापाले राख्नुभएको छ । राससको इतिहासका केही पक्ष पनि समेटिएको कृति राससकर्मीले अध्ययन गर्दा लाभ नै हुन्छ । 

कुनै समय लाङ्घाली परिवार, नेपाल आदिवासी जनजाति अधिकार मञ्च, नेपाल श्रमजीवी पत्रकार सङ्घ, इडिटर्स गिल्ड, नेपाल मगर अध्ययन केन्द्र आदि संस्थामा आबद्ध लेखकका गाउँ, बाल्यकाल र ग्रामीण जीवन पनि समेटिएकाले छोटकरीमा मगर जातिको रहनसहन बुझ्न पनि कृति उपयोगी देखिन्छ । भूमिका लेखक तथा रचनाकारका मित्र शैलेन्द्र साकारका शब्दमा भन्नुपर्दा, लेखक थापाले “।।।पाठकहरूलाई आफ्ना बारे सम्पूर्ण कुरा बताउने इमान्दार प्रयत्न गरेका छन् ।” 

ठाउँठाउँमा पुनरुक्ति दोष देखिन्छ । ऐतिहासिक तथ्यतथ्याङ्कको प्रस्तुतिमा धेरै गल्ती छन्, अझ गम्भीर भुल पनि भएका छन् । विसं २०६७ साउनमा १७ पटकसम्म भएको प्रधानमन्त्री निर्वाचन रामचन्द्र पौडेल र माधवकुमार नेपालबीच भएको ९पृ१२८० भनेर लेखकले अक्षम्य भुल गरेका छन् जसमा नेपालका ठाउँमा झलनाथ खनाल हुनुपथ्र्यो । यस्ता व्यक्तिका नाम, पद, मिति र स्थानलगायत करिब दुई दर्जन तथ्यगत त्रुटि छन् र वर्णविन्यासमा पनि प्रशस्त अशुद्धि छन् जसलाई आगामी संस्करणमा सच्याउनैपर्छ । आफ्नो मौलिक कृतिमा लेखकले आफूबारे रेवतीरमण सुवेदीबाट लिखित एक लेख नघुसाएको भए पनि हुन्थ्यो । स्केचका रूपमा आएको आवरणपृष्ठ भने आकर्षक नै छ । सञ्चारकर्मीहरूले यस्ता कृति खोजीखोजी नै अध्ययन गर्दा कर्मक्षेत्रमा लाभान्वित हुने विश्वास लिन सकिन्छ । वरिष्ठ पत्रकारका संस्मरणले आगामी पुस्तालाई पनि पुस्तक लेखनमा प्रेरणा दिने निश्चित छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies