Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

खबरडबली संवाददाता

काबुल । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ । सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । 

छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्ध गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन । छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखि भएका छन् । 

छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो ? भन्ने पत्रकारहरुको प्रश्नमा तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भने, “हो, त्यो सत्य हो ।” सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । 

“निर्णय कार्यान्वन हुन नसक्नुको कारणका बारेमा अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमती छैन,” शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरुले निरन्तर आवाज उठादै आएका थिए । उनीहरुको दवावका कारण तालिवान उच्च अधिकारीहरुले महिलाहरुको अधिकार पुनर्वाहाली हुने दावी पनि गर्दै आएका थिए । 

विश्वभरीबाट आएको दवावका कारण तालिवान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो । तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिवान सरकार पछाडि हटेको छ । 
तालिवान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले तालिवान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुखि बनाएको टिप्पणी गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending