एडेन । दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्दा “कार बम विस्फोटमा मेजर जनरल थाबेट जावस र चार सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले एएफपीलाई बताएका छन् ।
एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । यस आत्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन । जावासलाई सन् २०१४ मा देशको गृहयुद्ध सुरु भएदेखि यमनका इरान समर्थित हुथी विद्रोहीसँग लड्ने प्रमुख कमाण्डरमध्ये एक मानिन्थ्यो ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार सन् २०१४ को अन्त्यमा राजधानी सानाबाट अडेनमा सारिएको थियो । हुथीहरूले जबरजस्ती बाहिर निकालेका थिए । साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा हस्तक्षेप गरेको मार्च २६ मा भएको सातौं वर्षगाँठको केही दिनअघि बम आक्रमण भएको थियो ।
यमनको दक्षिण शहर एडेनमा प्राय: कारबम वा क्षेप्यास्त्र आक्रमण भएको पाइन्छ । यस आक्रमणमा अधिकारीहरूले विद्रोहीहरूलाई दोष दिन्छन् । एडेन, पृथकतावादी आन्दोलनको घर पनि हो । इस्लामिक स्टेट समूहले दाबी गरेको धेरै आक्रमणहरूको एडेनलाई लक्ष्य गरिएको छ ।
गत वर्ष अक्टोबरमा एडेनका गभर्नरलाई लक्षित गरी कारबम आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।गभर्नर अहमद लामलास र सरकारी मन्त्री सलेम अल–सोकोत्री दुवै विस्फोटबाट जोगिएका थिए । उनीहरूको काफिले जाने क्रममा सो विस्फोट भएको जनाइएको थियो ।
यसै महिनापछि, एडेनको एयरपोर्टनजिकै कारबम विस्फोटमा परी बालबालिकासहित कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको थियोे । त्यो विस्फोट डिसेम्बर २०२० पछिको सबैभन्दा घातक थियो । एडेनको एयरपोर्टमा क्याबिनेट सदस्यहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो ।
मन्त्रीहरू विमानबाट ओर्लने क्रममा भएको विष्फोटमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका तीन सदस्यसहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । करिब तीन करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या बाँच्नको लागि सहायतामा निर्भर छ । वर्षौंको द्वन्द्वपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तीन लाख ८० हजार मानिसहरूको ज्यान गएको छ।
बारम्बार कूटनीतिक प्रयास गर्दा पनि दुवै पक्ष शान्ति सम्झौतामा सहमत हुन असफल भएका छन् । हुथी विद्रोहीले वार्ता अस्वीकार गरे पनि छ राष्ट्रको खाडी सहयोग परिषद्ले यस महिनाको सुरुमा यमनका युद्धरत पक्षहरूबीच साउदी अरेबियामा अर्को हप्ता सुरु हुने वार्ता आयोजना गर्न खोजेको बताएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: