Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

आर्थिक समृद्धिका लागि उदार अर्थनीति

\"Birgunj\"वीरगन्ज । मुलुकको आर्थिक समृद्धिका लागि उदार अर्थनीतिको माध्यमबाट लोकतान्त्रिक समाजवादको आधार निर्माण गर्नुपर्ने विषय संविधानको प्रस्तावनामै उल्लेख गर्नुपर्ने सुझाव यहाँका उद्योगी तथा व्यवसायीले दिएका छन् । शताब्दीऔँदेखि नेपाली समाजमा देखिएको असमानता, सामाजिक, आर्थिक, राजनीतिक एवम् लैङ्गिकलगायतका सबै विभेदबाट मुक्ति र नयाँ रोजगारी सिर्जनाका लागि नयाँ संविधान चाहिएको हो, उनीहरु भन्छन् – प्रत्येक नेपाली नागरिकले स–सम्मान आफ्नो पेसा र व्यवसाय गरी जीवनयापन गर्न तथा मुलुकको सामाजिक तथा आर्थिक उन्नतिमा मद्दत गर्न सक्ने संविधान बनाउनु अहिलेको आवश्यकता हो । तर संविधानको मस्यौदाले धेरै अर्थ लगाउन सक्ने समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको देखिन्छ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सद्स्य एवम् उद्योगी विजय सराबगीले भने – मुलुकलाई समृद्ध बनाउने परिकल्पना गरेको हो भने संविधानमा खुल्ला बजार अर्थतन्त्र र आर्थिक स्वतन्त्रता राख्नुपर्दछ । मस्यौदामा लेखिएका कतिपय बुँदा खुल्ला बजार र उदार अर्थतन्त्रको सिद्धान्त विपरीत भएको देखिएकाले यसले निजी क्षेत्र संशकित भएको हो, उनले भने– आर्थिक स्वतन्त्रतासहितको लोककल्याणकारी राज्य व्यवस्था भनेको भए यसमा सबैलाई चित बुझाउन सजिलो हुन्थ्यो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले प्रस्तावित संविधान मस्यौदाको प्रस्तावनामा समाजवादउन्मुख उल्लेख गर्नु र तीनखम्बे र्आिर्थक नीतिअन्तर्गत निजी क्षेत्रलाई नियमन गर्ने जस्ता वाक्यले निजी क्षेत्र बढी संशकित भएको हो भन्दै संविधान निजीक्षेत्र मैत्री हुनुपर्ने बताए । वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवम् उद्योगी गणेश लाठले प्रस्तावित संविधानको प्रस्तवनामा \'समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै\' भन्ने वाक्य मात्र उल्लेख गर्दा यसले आर्थिक विकासका आधारको मार्गप्रशस्त गर्न खाजेको बाटो कुन हो भन्ने कुरा स्पष्ट रहेको देखिएको छैन् भन्दै समाजवादको अगाडि लोकतान्त्रिक शब्द थपिदिइने हो भन्ने यसले धेरै कुरालाई प्रष्ट गर्न सकिन्छ । यसैगरी वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०७२/७३ को बजेटमा कर सम्बन्धमा निर्दिष्ट गरेका कुराहरु’ विषयक छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उद्योगी व्यवसायीले मुलुकको आर्थिक विकासका लागि भन्सार, कर, राजस्व प्रशासन निजी क्षेत्रमैत्री हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सो अवसरमा सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले मुलुकमा हालै गएको भूकम्पले उद्योग र व्यापारको खस्किँदो अवस्थाबारे चर्चागर्दै अन्तहीन विद्युत् समस्या, बढ्दो व्यापार घाटा र कर नीतिमा समय सापेक्ष सुधार हुनुपर्ने तथा करका दरलाई समयसापेक्ष बनाउनुपर्ने बताए ।   आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत लेखनाथ शर्माले आर्थिक ऐन २०७२ ले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कमा भएका परिवर्तनबारे कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजस्व कार्यालय र सङ्घबीच सहकार्य र समन्वयलाई आउँदा दिनमा अझै प्रभावकारी बनाउँदै लैजाने विचार व्यक्त गरे ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies