Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

आगामी शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

खबरडबली संवाददाता

काठमाडौँ ।  आगामी शनिबारदेखि जनकपुर–जयनगर खण्डमा नियमित रूपमा रेल चल्ने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल उद्घाटन गरेपछि रेल सञ्चालनमा आउने जनाइएको छ । 

२०७७ असोजमा ल्याइएका दुइटा रेल सेट त्रिपालले छोपेर राखिएको थियो । ती रेललाई पछिल्लो समय ‘ड्राई रन’ मा ल्याइएको छ । उद्घाटनपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्नेछन् । कुर्थादेखि जयनगरसम्म यात्रामा सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ । दुईवटा रेल सेटको कुल यात्रु क्षमता १ हजार ३ सय ५० जना छ ।

रेल चलाउन भारतबाट एक वर्षका लागि २६ प्राविधिक ल्याइएको छ । यस्तै, ६० नेपाली कर्मचारीले रेल सञ्चालनको तालिम लिएका छन् । प्राविधिकमा बढी खर्च रहेको नेपाल रेलवे कम्पनीले जनाएको छ । भौतिक मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेलविज्ञ तयार गर्न छात्रवृत्ति कार्यक्रम, त्यहाँका कलेजमा रेलवे इन्जियरिङको पढाइ र हाम्रा कलेजमा उक्त विषय पढाउन पाठ्यक्रम बनाउनेसम्बन्धी लगायत समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास खण्ड भारतको सहयोगमा बन्दै छ । जयनगर–जनकपुर–कुर्था खण्डमा ब्रोडगेज रेल्वे लिक ओछ्याउने काम दुई वर्षअघि सकिएको छ । भारत सरकारसँग २०७६ वैशाख २७ मा भएको खरिद सम्झौतापछि भारतीय कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाखमा तयार गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: