काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।
प्रतिकृया लेख्नुहोस्: