Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

भूकम्पले ६ हजारभन्दा बढीलाई सर्न बाध्य पार्‍यो

\"Charikot_Earthquake\"काठमाडौं । भूकम्पपछिको जोखिमका कारण छ हजारभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पपछि जमिन चिरा र धाँजा फाटेर जोखिमपूर्ण अवस्थाका १८ जिल्लाका १९ हजार ४१ घर परिवार सार्नुपर्नेमा छ हजार आठ हजार ४८ परिवार मात्र सारिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । वैशाख १२, १३ र २९ गतेको भूकम्प एवम् परकम्पले जमिन चिरा परी बस्ती जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने नीति सरकारको लिएको छ । ‘जोखिममा परेका बस्ती नजिकैको सुरक्षित स्थानमा सार्ने सरकारको नीति भएकामा केही जिल्लाका स्थानीयवासीले सुविधासम्पन्न ठाउँमा सार्न माग गरेकाले समस्या देखिएको छ, भएसम्म जोखिममा परेकाको सुरक्षित स्थानको आफ्नै, नभएमा सार्वजनिक पर्ती, त्यो पनि नभएमा वनको रुख नभएको क्षेत्र र यी पनि नपाएमा सरकारले लिजमा लिएको जग्गामा सारिने नीति लिएको छ’– उनले भने । खानी तथा भूगर्भ विभागले जमिन चिरा परी पहिराको जोखिम रहेका १८ जिल्लाको भौगर्भिक अध्ययन गरी मन्त्रालयलाई जोखिमको प्रतिवेदन दिएका आधारमा ती घरपरिवारलाई गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय पुनःस्थापना कार्यान्वयन सहजीकरण र अनुगमन समितिको निर्देशनानुसार सुरक्षित स्थानमा सारिएको हो । तिनलाई सार्नका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासद्को संयोजकत्वमा बनेको सिफारिस समितिको प्रतिवेदनलाई समेत आधार मानिएको थियो । चितवन, गोरखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सिन्धुली, लमजुङ, तनहुँ, काठमाडौँ, ललितपुर, रसुवा, काभ्रेपलाञ्चोक, मकवानपुर, दोलखा, धादिङ, सोलुखुम्बु, नुवाकोट, रामेछाप र खोटाङका बस्ती सारिएको मन्त्रालयका उपसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending