Khabar Dabali २६ श्रावण २०७९ बिहीबार | 11th August, 2022 Thu

अब केही दोधार छैन, वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छः अध्यक्ष दाहाल

Krishi bikash bank
खबरडबली संवाददाता

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्  ।  

प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताए ।   कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।” 

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह गरे । “अब केही दोधार छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ”, अध्यक्ष दाहालले भने । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताए ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्राउनसुगर सहित ४ जना भारतीय नागरिक पक्राउ

बनियानी । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र ...

यस्तो छ सेनाले जिम्मा लिएको गौरव र प्राथमिकता प्राप्त सडक आयोजनाको प्रगति

काठमाडौँ । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । ...

खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा ‘घरमा एक घर एक धारा’ कार्यक्रम सञ्चालन

बलेवा । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पु¥याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा  ‘एक घर एक धारा’ का...

प्रचण्ड, बाबुराम र नारायणकाजीबीच बेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराई र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच ...

जापानमा एकै दिन २ लाख ५० हजार सङ्क्रमित, २ सय ५१ जनाको मृत्यु

टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार...

मनोहरा खोलाको बाढीले रु ७५ लाख बराबरको क्षति

भक्तपुर । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला ...

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजा...

रुपन्देहीमा गत वर्ष ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएकोमा यो वर्ष २ सय ६९ जना बिरामी भेटिए

रुपन्देही । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।    आर्थिक वर्ष २०७८/७९ मा द...

खोडपेमा ४५ लाखको लागतमा कोल्ड स्टोर निर्माण

बैतडी । कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर)  सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित...

आज एमाले सचिवालय बैठक बस्दै, के विषयमा छलफल हुँदैछ ?

काठमाडौँ ।  आज (बिहीबार)  मध्याह्न १२ बजेपछि  नेकपा एमालेको सचिवालय बैठक बस्ने जनाइएको छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने जनाइए...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page