Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

स्थानीयवासीको अवरोधपछि वितरण केन्द्रले बिजुलीको लाइन काट्यो

खबरडबली संवाददाता

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका– २ र ५ कालेखोली क्षेत्रका बासिन्दाले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले बिजुलीको लाइन काटेको छ । समन्वयमा पोल गाड्न खोजिए पनि स्थानीयवासीले नदिएकाले केन्द्रले लाइन नै काटिदिएको हो ।

एयरपोर्ट लोड सेन्टरबाट कालेखोली क्षेत्रमा सय केभिएको विद्युत् आपूर्ति गरिए पनि पछिल्लो समय लोड धान्न नसकिएको केन्द्रका प्रमुख नरेश रावलले बताए ।  लोड व्यवस्थापनका लागि कालेखोली क्षेत्रमा ट्रान्सफर्मर राख्न दुई महिनादेखि प्रयास गर्दा पनि विवाद भएपछि बिजुलीको लाइन काटिएको र विवाद समाधान नहुञ्जेल कालेखोली क्षेत्रको बिजुली बन्द गरिएको छ । लाइन काटिएको विषयमा स्थानीय प्रहरी प्रशासन र नगरपालिकालाई पनि जानकारी गराइएको जनाइएको छ ।चन्दननाथ नगरपालिका– ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले स्थानीयवासीसँग समन्वय गरी पोल गाड्न दिने वातावरण सिर्जना गरिएको बताए ।  

ट्रान्सफर्मर २४ नम्बर बाहिनी नजिक राख्ने कुरा बुझिएको छ । अर्के ट्रान्सफर्मर कालेखोली नजिक सार्वजनिक शौचालयको छेउछाउमा राख्न जग्गा व्यवस्थापन गर्न सकिने उनको भनाइ थियोे ।

ताम्ती गाउँ सडक सञ्जालमा जोडियो

जुम्लाको विकट मानिने तातोपानी गाउँपालिका भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् । सडक नहुँदा स्टेचरमा बिरामी बोक्नुपर्ने बाध्यता थियो, कैयौँको बाटोमै ज्यान गयो, अव सुखका दिन आउनेछन् । पिठ्यूँमा भारी बोकेर उकालोमा यात्रा गर्नुपर्ने दिन अब हटेको स्थानीयवासी अर्जुन रावतले बताए ।  ताम्तीबासीको गाउँमै मोटर हेर्ने चाहाना पूरा भएको छ । अव कोही सुत्केरी आमा, शिशु र बिरामीले ज्यान गुमाउने छैनन् । उक्त गाउँ भेरिखोलाको अन्न भण्डारका रुपमा  चिनिन्छ । झण्डै तीन सय घरधुरी रहेको ताम्ती भेरिखोला क्षेत्रकै सबैभन्दा ठूलो गाउँ पनि हो । ”

सिमी, आलु, फापर, मकै, गहुँ, जौँ प्रशस्त फल्ने यो गाउँमा आफ्ना कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज हुने अपेक्षा गरिएको स्थानीयवासी वीरजीते रावतले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies