काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन् ।
डा कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर कांग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गरेका हुन् । निर्वाचनको सकारात्मक परिणामले प्रदेश र सङ्घीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उनले उल्लेख गरेका छन् ।
कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताको सङ्ख्या अत्यधिक रहेको, अधिकांश योग्य र सक्षम रहेका भए पनि टिकट वितरण कार्य सहज नभएको उल्लेख गर्दै नेता कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेबारेमा आफूहरूले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा आवाज उठाएको बताएका छन् ।
“कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टि छातीभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौँ । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु”, कोइरालाद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ । नेता कोेइरालाले टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र आफ्नो पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका कार्यकर्तालाई कांग्रेसको मूलप्रवाहमा फर्कनसमेत आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०७९ - १९:००
तेहरान । इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने...
श्रावण २७ गते, २०७९ - १८:४६
वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध...
श्रावण २७ गते, २०७९ - १८:३४
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीब...
श्रावण २७ गते, २०७९ - १८:१९
खलङ्गा । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना ...
श्रावण २७ गते, २०७९ - १८:०८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुद...
श्रावण २७ गते, २०७९ - १६:४७
काबुल । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । ...
श्रावण २७ गते, २०७९ - १६:३४
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन...
श्रावण २७ गते, २०७९ - १६:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण...
श्रावण २७ गते, २०७९ - १५:५९
क्वालालम्पुर । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन...
श्रावण २७ गते, २०७९ - १५:४१
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
प्रतिकृया लेख्नुहोस्: