Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

विमानस्थलबाट २ किलो अवैध सुन फेला, विमान सुपरभाइजरसहित सरसफाइकर्मी तस्करीमा संलग्न

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर यसपाली भने विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ । 

उनीहरुमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झण्डै रु दुई करोड हुन्छ । उनीहरु मतियारका रुपमा काम गरी विदेशबाट अवैधरुपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने कार्यमा सरिक भएको पाइएको हो । सरसफाइकर्मी मतियारका रुपमा प्रयोग भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअनुसार तस्करले विमानको सरसफाइकर्मी प्रयोग गरेर विमानस्थल सुन कटाउने प्रयास गरेका थिए । तर विमानस्थलका प्रहरीले त्यो प्रयासलाई असफल पारी पाँच जना पक्राउ गर्न सफल भएको छ ।  

सोही घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई बिहीबार पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

उक्त सुनकाण्डमा मुछिएका पाँचथरका २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादीका २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरीशङ्कर गाउँपालिका–२ घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने÷गराउने भनी सुपरभाइजरका रुपमा खटिएका सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरीलाई पक्राउ गरिएको ढकालले जानकारी दिए । उनीहरु सबै सुन पास गर्न खटिएका थिए । 

उक्त सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । उक्त सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । सोही सिसीलामा भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अन्य व्यक्ति परिचालन भएका थिए ।  


सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत सरसफाइ गर्न खटिएका उनीहरु सुन भित्र्याउन परिचालन भएका थिए । 

प्रमुख ढकालका अनुसार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर फोहर जम्मा गर्ने स्थानमा ल्याउन सघाएका थिए । त्यसपछि उनले सँगै काम गर्ने तामाङलाई बोलाई फोहरसँगै रहेको सुनको बिस्कुट बाँडी आआफ्नो ‘मनिपर्स’ भित्र लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो । 

“उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कन लागेका थिए”, ढकालले रासससँग भने, “सोही क्रममा उनी र साथमा रहेको सामग्री ‘स्क्रिनिङ’ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको अबस्थामा १० थान सुनको बिस्कुट (तौल एक हजार १६६ ग्राम) बरामद गरिएको हो ।”

उनका  अनुसार उक्त सुनको मूल्य झण्डै ९८ लाख पर्ने जनाइएको छ । यस्तै तामाङले बोकी आएको मनिपर्सभित्र टेपले बेरिएको अवस्थामा पनि सोही तौल बराबरको १० थान सुनको बिस्कुट बरामद गरिएको छ ।  

उक्त सुन लुकाइछिपाइ अवैधरुपमा भन्सार छली लैजान लागेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त कार्यमा उदयपुरका राई, दोलखाका थापा र विमान सरसफाइका सुपरभाइजर सप्तरीका चौधरी संलग्नता खुल्न आए पनि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।  

उनीहरुलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies