Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सर्लाहीका १४ पालिका प्रमुखमा महिला उम्मेदवार

खबरडबली संवाददाता

सर्लाही । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन् । 

मुलुककै सबैभन्दा बढी अर्थात २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले स्थानीय तहका अध्यक्ष वा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट तीन तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एक महिलालाई पालिकाको अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार बनाएको हो ।

नेकपा (एमाले)ले ५४ वर्षीया कल्पना कटुवाललाई बरहथवा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाएको छ । यसअघि विसं २०७४ को निर्वाचनमा पनि सो पालिकाको प्रमुख पदमा एमालले कटुवाललाई उम्मेदबार बनाएको थियो । कटुवालले त्यसबेला चार हजार ८०७ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेकी थिइन्  । त्यतिबेला माओवादी केन्द्रबाट नगर प्रमुखका उम्मेदवार देवानन्द महतोले सात हजार ३०८ र कांग्रेसका निरञ्जनप्रसाद दासले पाँच हजार २७ मत प्राप्त गरेका थिए । यस पटक कटुवालले निवर्तमान नगर प्रमुख माओवादी केन्द्रका महतो र कांग्रेसका विगु चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

त्यस्तै एमालेले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा सङ्गीतादेवी महतो नुनिया र ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीलाई उम्मेदवार बनाएको छ । चन्द्रनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको छ । एमालेले चन्द्रनगर गाउँपालिका उपाध्यक्षमा दलित समूहबाट राजन्ती पासवानलाई उम्मेदवार बनाएको छ । पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएकी ३३ वर्षीया सङ्गीताले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष महेन्द्र महतो सुडी, कांग्रेसका राजकुमार महतो, माओवादी केन्द्रका लोकेन्द्र मुखिया, जसपाका सुधीरकुमार यादव, जनमत पार्टीका किशोरी महतो सुडीलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

त्यसैगरी एमालेबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी ३८ वर्षीया रीता कुमारीले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष विनोदकुमार साह, कांग्रेसका रामपदारथ साह, जसपाका वीरेन्द्रकुमार राय, माओवादी केन्द्रका कृष्णा राय, जनमत पार्टीका शैलेन्द्र कुशवाहा, बहुजन एकता पार्टी नेपालका देवेन्द्र रामलगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

त्यस्तै माओवादी केन्द्रले गोडैता नगरपालिकाको प्रमुखमा अनिता देवीलाई उम्मेदवार बनाएको छ । उनले  २०७४ सालको निर्वाचनमा पनि सोही पदमा दुई हजार ३९७ मत ल्याएकी थिइन् । त्यहाँ तत्कालीन राजपाबाट निवर्तमान नगर प्रमुख देवेन्द्रकुमार यादवले तीन हजार ९०२ तथा कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले तीन हजार ६७४ मत प्राप्त गरेका थिए  । उनले यो पटक पनि यसअघिका निर्वाचित नगर प्रमुख लोसपाका यादव, कांग्रेसका कुशवाहालगायतसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

त्यसैगरी कौडेना गाउँपालिकामा जनमत पार्टीबाट ३१ वर्षीया सावित्री धिताल तथा राष्ट्रिय सद्भावना पार्टीबाट ५१ वर्षीया अर्चनादेवी गिरीले अध्यक्षमा उम्मेदवारी दिएकी छिन् । उनीहरुले  निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव, कांग्रेसका रुपेशकुमार, जसपाका राज नन्दनप्रसाद, माओवादी केन्द्रका महादेव साह, एमालेका श्यामप्रसाद चौधरी कलवारलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसैगरी हरिवन नगरपालिकामा नेपाल सद्भावना पार्टीबाट ५५ वर्षीया बचवीदेवी साह तेली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६५ वर्षीया राधाकुमारी बरालले हरिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी छन्  । हरिवनकी तेलीले निवर्तमान नगर प्रमुख एमालेका गणेश प्रसाद प्रसाईं कांग्रेसका रामप्रसाद मैनाली, माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल), नेकपा(एकीकृत समाजवादी)का सुरेन्द्र लामालगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ भने हरिपुरकी बरालले निवर्तमान मेयर एकीकृत समाजवादीका जमिरुद्धिन मंसुर, कांग्रेसका गोपाल पञ्जीयार, एमालेका यादव सरकार, माओवादी केन्द्रका सुनिल बुढाथोकी, लोसपाका रामचन्द्र साह, जनमतका राजेन्द्ररायलगायत उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छन् । 

त्यस्तै बागमती नगरपालिकाको प्रमुख पदमा ४३ वर्षीया धनकुमारी खड्का पौडेलले स्वतन्त्र उम्मेदवारी दिएकी छन्  । जिल्लामा उनीसहित छ महिलाले पालिका प्रमुखको रुपमा उम्मेदवारी दिएकी हुन् । पालिका प्रमुखमा छ स्वतन्त्रसहित १४ जना तथा उपप्रमुखमा भने २० जना स्वतन्त्रसहित १४१ जना महिलाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीमा कूल चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन् । तीमध्ये दुई लाख ५७ हजार १३८ पुरुष तथा दुई लाख १७ हजार २९२ महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । करिब आधा मतदाता महिला भए पनि उम्मेदवारको रुपमा महिलालाई अगाडि बढाउन भने प्रमुख राजनीतिक दलहरुले कञ्जुस्याइँ गर्दै आएको पाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending