Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छः प्रमुख आयुक्त थपलिया

खबरडबली संवाददाता

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बर्ताका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताए । मतगणनास्थलमा अध्याधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तिय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उनले प्रष्ट पारे ।

थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिए  । उनले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निश्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताए । मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्वन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उनले उल्लेख गरे । 

“मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ रहेको छ, यस सम्वन्धमा सुरक्षा निकायबाट सुनिश्चिता प्रदान गरिएकोले यसमा कुनै किसिमबाट अल्मलिनु हुँदैन”, उनले भने । वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies