काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् ।
उनले भने, “जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।” सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गरेका थिए ।
स्थानीय तहका नवनिर्वाचित प्रमुख÷उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिएका थिए । कार्यक्रममा सहभागी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना मात्रै दिएनन्, स्थानीय सरकार जनतामा जोडिएको सरकार भएकाले भूमिका बढाउनसमेत आग्रह गरेका थिए ।
अध्यक्ष दाहालले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताएका थिए । पार्टीको विचार, सिद्धान्त र आचरणविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले सबैलाई सचेत गराएका थिए । अध्यक्ष दाहालको सचिवालयले पनि पार्टीसम्बद्ध स्थानीय तहका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिएको पुष्टि गरेको छ ।
माओवादीले बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई काठमाडौँ बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो । आगामी आवको नीति तथा कार्यक्रम र बजेट तयार पार्नुअघि दिइएको प्रशिक्षणले सकारात्मक प्रभाव पर्ने कार्यक्रममा सहभागीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: