कोलम्बो । भारतले श्रीलङ्कालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलङ्कालाई मल उपलब्ध गराइने जानकारी दिए ।
श्रीलङ्कालाई खाद्य सङ्कट परिरहेका बेला आगामी दिनमा यो सङ्कट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्कालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिए ।
भारतले “छिमेकी प्रथम” नीति अन्तर्गत छिमेकी राष्ट्रहरुलाई संकटका बेलामा खुलेर सहयोग गरेको उनको भनाई छ । “भारतले दिने निर्णय भएको मल श्रीलङ्काले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ,” उनले भने ।
भारत र श्रीलङ्काका उच्च अधिकारीहरुका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलङ्कालाई खाद्य सुरक्षा, औषधी व्यवस्थालगायतका विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो ।
चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा आन्तरिक खाद्य उत्पादन समेत अत्यन्त न्युन भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन् । भारतले यसअघि गत शुक्रबार श्रीलङ्कालाई सहयोग स्वरुप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो ।
आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेको, आयात गर्न नसकेको र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरुलाई अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।
आर्थिक सङ्कटका कारण बहुआयामीक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यवश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: