दमौली । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।
मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”
पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताए । “एक हजार पर्ने मललाई डुम्रेमा पुगेर ल्याउँदा तेब्बर तिर्नुप¥यो”, उनले भने, “वर्षेनी मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उनले असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका छन् । अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उनले बताए । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु,” उनले थपे ।
मल खरिद गर्न तीन÷चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गरे । “चाहिएको जति मल कहिल्यै पाइएन” उनले भने, “कृषकको समस्या कहिल्यै समाधान हुने भएन ।”
धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताए । “तर सधैँ मल अभाव भइरहन्छ, कृषकलाई एकदमै सास्ती छ, मल खोज्दै भौतारिनुपर्ने अवस्था छ,” उनले भने ।
शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताए । “सरकारले किसानको आवश्यकता पूर्ति गर्न सकेको छैन, रोप्ने बेला मल पाइँदैन,” उनले भने, “कृषिमै केही गरौं भन्यो मलकै अभावले झन् चिन्ता थपिन्छ ।”
कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: