Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

खबरडबली संवाददाता

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो । 

बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति  विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिई निश्चित मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

कार्यपालिका बैठकले नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्ने जनाएको छ । ‘सार्वजनिक जग्गाको लगत लिई उचित संरक्षण र सार्वजनिक गर्नाका साथै नगरपालिका क्षेत्रमा परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने’ कार्यपालिकाको निर्णयमा भनिएको छ, “सुर्खेत उपत्यका नगरविकास समितिलगायत अन्य सार्वजनिक सरकारी जग्गाको खोजबिन गर्ने, लगत लिने र सोको हालको अवस्थाको समेत वस्तुगत र यथार्थ विवरण तयार गरी सबैले देख्ने गरी सूचना बोर्ड राखी संरक्षण गर्ने ।”

यस्तै सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री व्यवस्थापन गर्नका लागि स्वीकृति नलिई सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री तुरुन्त हटाउन सर्वसाधारणले जानकारी पाउने गरी मौखिक एवं सार्वजनिक सूचना दुवैका माध्यमबाट जानकारी गराउने बताइएको छ । साथै उक्त निर्णयको अवज्ञा गर्ने व्यक्तिलाई स्थानीय प्रशासनको सहयोग लिई कानुनको दायरामा ल्याउने निर्णय गरिएको छ । 

यस्तै कार्यपालिकाको पहिलो बैठकले फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । फोहरमैला व्यवस्थापनलाई प्रभावकारी गराउन, स्थानीय सरकार सञ्चालन   ऐन, २०७४ अनुसार वडा समितिलाई पूर्णरुपमा जिम्मेवारी दिने भएको छ । नगरपालिकाले क्लिन नेपालसँग सम्झौता भएकाले क्लिन नेपाललाई फोहर व्यवस्थापनमा जिम्मेवार गराउने र समयमै फोहर उठाउन अनिवार्य रुपमा समय तालिका पेस गर्न लगाई अनुगमन गरिने बताइएको छ । 
नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बुझिएका ढलहरु पूर्ववत् रुपमा सञ्चालनमा ल्याई जनधनकोे क्षति न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपत् व्यवस्थापन कोषबाट तुरुन्त मर्मतसम्भार गर्ने व्यवस्था मिलाउने  निर्णय भएको छ । 

यस्तैै जटिल प्रकृतिको डुबान भएको क्षेत्रको पहिचान गरी जनप्रतिनिधि र इन्जिनियरसहितको प्राविधिक टोली खटाउने र त्यसको प्रतिवेदनका आधारमा दीर्घकालीन समाधानका लागि बजेट तथा स्रोत व्यवस्था गरी समाधान गर्ने निर्णयमा उल्लेख छ । 

नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका सडकलाई मर्मत गर्नाका साथै गौशाला निर्माण कार्यलाई तीव्रता दिने  निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए  । “वीरेन्द्रनगर नगरपालिका–११, भेरी पुल नजिक प्रशान्ति धार्मिक सामुदायिक वनमा गौशालाको पूर्वाधारजन्य संरचना निर्माण, पशु आहारा व्यवस्थापन गरी सडकमा छाडिएका छाडा पशु चौपायाहरुको दिगो र समुचित व्यवस्थापन गरिने भएको छ,” सुवेदीले भने, “नगरपालिकाले सम्झौतामा उल्लेख भए बमोजिमको लागत साझेदारीसमेत गरी तोकिएको समयमा सम्पन्न गर्न छिटो, छरितो र पारदर्शी  ढङ्गले उपभोक्ता समितिबाट गौशाला निर्माणलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय भएको छ ।”

हावाहुरीले क्षति पु¥याएका स्कुलका छाना शीघ्र मर्मत गर्ने निर्णय गरिएको छ । नगरको शैक्षिक स्तर अभिवृद्धि गर्न एक स्वेच्छिक शैक्षिक कोष स्थापना गर्नका लागि आवश्यक कानुन बनाई सोको प्रारम्भिक मस्यौदा पेस गर्न शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिइएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको बाँकी कार्य प्रारम्भ गरिने बताइएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending