Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मनाङमा चिकित्सक अभाव

खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् । अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेकोे गुनासो स्थानीयवासीले गरेका छन् । उपचारका लागि अस्पताल पुगेका  स्थानीयवासी लक्ष्मण गुरुङले उपचार हुनेभन्दा झन् बढी पीडा थपिने गरेको गरेको गुनासो गरे  । 

“अस्पतालमा चिकित्सकको दरबन्दी भएपनि उपलब्ध हुँदैनन् । यहाँ सामान्य उपचार पनि नपाउँदा लामो दूरी पार गरेर छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । अब त झन बर्खा लाग्यो । मौसमको समेत भर हुँदैन उपचार गर्न कसरी पुग्न सकिन्छ खै ?,” उनले भने ।   केही समयअघि मात्र जिल्लामा नेपाल प्रहरीका हबल्दार अकस्मात लड्दा उपचारको अभावमा उनको मृत्यु भएको थियो भने अर्का सशस्त्र प्रहरीका जवानको पनि भिरबाट लडेर तत्काल उपचार नपाउँदा  मृत्यु भएको थियो । बिरामीलाई अस्पताल लग्यो चिकित्सक छैन । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सर्वसाधारणको दुःखद घटना बढेको छ । 

मनाङवासीले भौगोलिक विकटता, मौसमको प्रतिकूलताका साथै  जिल्लाको एक मात्र अस्पतालमा आवश्यक जनशक्ति र उपकरण अभावले अकालमै ज्यान गुमाइरहेका छन् । अस्पतालमा समयमै पु¥याइए पनि चिकित्सकको अभावले बिरामी बचाउन नसकिएको स्थानीयवासीले बताए  । सदरमुकामसमेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार जनताका हरेक समस्याहरु आफूसम्म आइपुगे पनि प्रदेश तथा सङ्घीय सरकारबाट उचित पहल नहुँदा उनीहरुको जीवनमाथि नै खेलबाड भइरहेको महसुस भएको बताए  । 

“मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गरिरहेको र अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी छ भन्ने सुनिएको हो  तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा एकजना पनि चिकित्सक उपलब्ध नहुनु विकटका जनताको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार रहेको प्रस्ट देखिएको छ,” उनले भने । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा चिकित्सकको पद रिक्त रहेको र हाल एकजना मात्र चिकित्सक जिल्लामा रहेको हुनाले नागरिकले खोजेको बेलामा चिकित्सक उपलब्ध नभएको बताए  । “भएका  एक चिकित्सक पनि बिदामा रहेकाले जिल्ला अस्पताल चिकित्सकविहीन हुनु स्वाभाविक मान्नुपर्छ,” उनले भने । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेबसाइटबाट अरू जिल्लाका विवरणहरु हेर्दा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तिनमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको कुनै विवरण उपलब्ध भएको पाइँदैन । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending