लमजुङ । लमजुङको जिल्ला समन्वय समितिमा नेकपा (एमाले) विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका मुरली कुमाललाई चार मतअन्तरले पछि पार्दै एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालका अनुसार एमालेतर्फबाट नवनिर्वाचित गुरुङले १० मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका कुमालले छ मत प्राप्त गरे । आज नै प्रमुख पदका लागि मतदान गरिएको थियो । मतगणना आजै गर्दै घोषणा गरिएको उनको भनाइ छ । समन्वय प्रमुख पदबाहेक उपप्रमुख लगायत आठ जना नै एमालेबाट निर्विरोध निर्वाचित भइसकेका थिए ।
सो पदहरुका लागि गठबन्धनका दलहरुले उम्मेदवारी नै दिएका थिएनन् । उपप्रमुखमा बुनाकुमारी रिमाल, महिला सदस्य बबिता मजाकोटी सार्की, विमला खड्का, सारदा साखीँ, खुल्ला सदस्यमा केशरबहादुर खत्री, शेरबहादुर बोगटी र मोहनबहादुर गुरुङ र दलित तथा अल्पसङ्ख्यकबाट गमबहादुर दुरा निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेले एक नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ । त्यस्तै पाँच पालिकामा उपप्रमुख जितेको छ । कांग्रेसले चार पालिका प्रमुख जितेको छ । कांग्रेसले एक उपाध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा उपप्रमुख जितेको छ । गत स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धन र एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । चार नगरपालिका र चार गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको यस जिल्लामा प्रमुख तथा उपप्रमुख गरी १६ जनाले मतदान गर्न पाउनेमा सबैले मतदान गरेका थिए ।
एमाले एक्लैको नौ भोट रहेको थियो भने गठबन्धनको सात भोट मात्र रहेको थियो तर गठबन्धनको मतदाता एक जनाले पनि एमालेलाई नै भोट दिएपछि थप एक भोट प्राप्त गर्दै १० भोट पाउन सफल भएको छ । यसअघिअर्थात् पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडे पनि अहिले कांग्रेससहितको गठबन्धनसँग मिलेर एमालेविरुद्धमा चुनाव लडेको थियो । जिल्ला समन्वयमा यसअघि पनि सबै एमालेकै रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: