Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

किसान समूहलाई ट्याक्टर हस्तान्तरण

खबरडबली संवाददाता
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ ।
 
प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्याक्टर अनुदानमा प्रदान गरेको हो । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले एक कार्यक्रमकाबीच आज ट्याक्टर हस्तान्तरण गरेका हुन्  । 
 
बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा उनले जोड दिए  । 
 
पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सकिने उनले बताए । 
 
प्रदेश सरकारमा कृषि मन्त्रालयबाट रु चौबिस लाखको लागतमा उक्त ट्याक्टर प्रदान गरिएको  गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए  ।  
 
उनले  पहाडी भागमा सुन्तला कागती खेती गरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा पाखाटारमा लिफ्िटङमार्फत सिँचाइको व्यवस्था गर्न सकेको मात्रै कृषि क्षेत्रमा फड्को मार्न सक्ने बताए  । उक्त समूहमा एक सय बढी सदस्य आवद्ध रहेको समूहकी अध्यक्ष अन्जु श्रेष्ठले जानकारी दिइन्  । 
 
प्राप्त भएको ट्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उनले बताइन्  । बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नका लागि सहज हुने बताइएको छ । छोटो समयमा धेरै क्षेत्रफल जोत्न र खेती गर्न सकिने हुँदा ट्याक्टर प्रभावकारी देखिएकोले समूहलाई प्रदान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए  । 
 
उक्त वडामा करिब ३०० रोपनी क्षेत्रफलमा जमिन चक्लाबन्दी गरिएको छ भने वडा नं ३ मा झण्डै एक हजार रोपनी चक्लाबन्दी गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । साना गह्रालाई मासेर ठूला गह्रा बनाउँदा खेती गर्न सजिलो हुने भएकोले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies