Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अपर अरुण जलविद्युत् आयोजना: लाभको पर्खाइमा सङ्खुवासभावासी

खबरडबली संवाददाता

काठमाडौँ ।  अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । 

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा कानुनी र नीतिगत बन्दोबस्त गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए । “लागत यकिन गरौँ, बलियो संयन्त्र निर्माण गरौँ, स्थानीयवासीलाई लगानीको संरचना तोकौँ”, उनले भने ।
     
प्रमुख आयुक्त थपलियाले अपर अरुणमा सकेसम्म बाह्य लगानी निरुत्साहित गरी आन्तरिक लगानी गर्नसके देशलाई फाइदा पुग्ने बताए । उनले स्थानीय तहको दायित्व र जिम्मेवारीको बन्दोबस्त गरी निर्माण सुरु हुने अवधि तोकेर अगाडि बढ्न सुझावसमेत दिए । 

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राजेन्द्र गौतमले अपर अरुणलाई सरकार र स्थानीयको संयुक्त लगानी गर्ने आधारसहित नीति निर्माण बनाएर अगाडि बढाउनुपर्ने बताए । अपर अरुणमा लगानी सुरक्षित र प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । सांसद गौतमले जनतालाई मालिक बनाउने नीतिअनुसार आयोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

सङ्खुवासभा कांग्रेस सभापति एवं पूर्वराज्यमन्त्री दीपक खड्काले नेपालको गौरवको आयोजना अपर अरुण निर्माणमा आवश्यक पर्ने ऐन, कानुनका लागि सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । “दिनभरि काम गरेर साँझ बिहान पेट पाल्ने सङ्खुवासभावासीको लगानी अपर अरुणमा कसरी सुरक्षित गर्न सकिन्छ, यसबारे यो आयोजनाले सोच्नुपर्छ, सङ्खुवासभावासी धनी हुन्छन् भने किन सरकारले सहुलियत दरमा ऋण नदिने ? ”, उनले  प्रश्न गरे  ।

कांग्रेस नेता तारामान गुरुङले सोच विचार गरेर अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताए । नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष हेमराज घिमिरे र नेकपा (माओवादी केन्द्र) सङ्खुवासभाका सहइञ्चार्ज रीपुप्रसाद राईले अपर अरुण आयोजना सङ्खुवासभाको हितमा हुनुपर्ने उल्लेख गर्दै सो आयोजनालाई अगाडि बढाउन आ–आफ्नो दलको पूर्ण साथ र सहयोग रहने बताए ।
     
ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले स्थानीयवासीको हित हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए । पूर्वराजदूत डा अर्जुन कार्कीले अपर अरुणलाई सकेसम्म स्वदेशी लगानीमा नै सम्पन्न गर्नुपर्ने बताए । सङ्खुवासभा–काठमाडौँ पत्रकार समाजका अध्यक्ष शङ्कर खनालले जनताको लगानीमा अपर अरुण बन्नुपर्ने धारणा राखे ।

हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका कार्यकारी निर्देशक अर्जुनकुमार गौतमले स्थानीय बासिन्दाले कम शुल्कमा बिजुली पाउने र लगानीको सुरक्षा हुने गरी अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताए । निजी उर्जा उत्पादक सङ्घ (इपान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजना सङ्खुवासभावासीको स्वामित्वमा बन्नुपर्ने बताए ।
     
आयोजना बन्ने स्थानीय तह भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सरकारले स्वामित्व लिनुपर्ने उक्त आयोजना चाँडो बन्नुपर्ने बताए । आयोजना निर्माणका लागि भोटखोलाका बासिन्दाको पूर्ण साथ र सहयोग रहने उनको भनाइ छ । जिल्ला समन्वय समिति र स्थानीय लगानी परिचालन समिति सङ्खुवासभाले आयोजना गरेको उक्त कार्यक्रममा जलस्रोत विज्ञ डा बलबहादुर पराजुलीले अपर अरुण आयोजनाको बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए  ।

जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्यले नेपालको पानी, जनताको लगानीमा सम्पन्न गर्ने र सबै सङ्खुवासभाका जनताले आयोजनाप्रति आफ्नो अपनत्व कायम गरुन् भन्ने उद्देश्यले यो आयोजनालाई अगाडि सारिएको बताए । अपर अरुण आयोजना समयमा सम्पन्न हुनसके सङ्खुवासभाका ३९ हजार ३०६ घरधुरी लाभान्वित हुने बताइएको छ । 

सङ्खुवासभाकाको भोटखोला गाउँपालिका–२ र ५ मा निर्माण हुन लागेको उक्त आयोजना १०६१ मेगावाट क्षमताको रहेको छ । झण्डै रु दुई खर्ब १५ अर्ब लागत अनुमान गरिएको उक्त परियोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्ने बताइएको छ । नेपाल सरकारले स्वीकृत गरेअनुसार उक्त परियोजनामा ६८ प्रतिशत शेयर नेपाल विद्युत् प्राधिकरण र विदेशी दातृसंस्थाबाट तथा बाँकी सर्वसाधारण र अन्यका लागि छुट्याइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending