Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

काङ्ग्रेस–एमाले नसुध्रिए राजतन्त्रको हालत : किरण

काठमाडौ, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले ०५२ सालमा ४० बुँदे मागपत्र प्रस्तुत गर्दा बेवास्ता गरेजस्तै भूल फेरि नगर्न सत्ताधारी काङ्ग्रेस–एमालेलाई चेतावनी दिएका छन् । दसवर्षे जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा दलित सङ्गठनहरुले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष किरणले माओवादी शक्तिहरुको तत्कालीन अस्थायी पराजयलाई माओवादी आन्दोलनकै पूर्ण पराजय ठान्ने गल्ती गरेर काङ्ग्रेस–एमालेले अर्को क्रान्तिको बिजारोपण गरेको बताए । ‘राजतन्त्रले संसदीय व्यवस्था र काङ्ग्रेस–एमालेमाथि ‘कु’ गर्दा उतिबेला तिनलाई माओवादी चाहियो तर अहिले सत्तामा पुगेपछि चाहिँ उनीहरुको आँखा फेरि बन्द भएको छ’, अध्यक्ष किरणले भने– ‘हामी अझै पनि युद्धको पक्षमा छैनौं, काङ्ग्रेस–एमालेले आँखा खोलून् र सुध्रियून् । नत्र यिनको हालत पनि राजतन्त्रको जस्तै हुने निश्चित छ ।’ एमाओवादी नेतृत्वको आन्दोलनमा आफ्नो पार्टीको सक्रिय समर्थन र सहयोग रहने उल्लेख गर्दै अध्यक्ष किरणले वार्ताबाट समस्याको समाधान निस्कने सम्भावना नभएकाले संविधानसभा छाडेर सडकमा आउन एमाओवादीलगायतका दलहरुलाई आग्रह गरे । वर्तमान संविधानसभामार्फत जनताको पक्षमा संविधान बन्ने कुनै सम्भावना नभएकाले आफूहरुले अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभाको माग गरिरहेको उल्लेख गर्दै किरणले आफ्नो प्रस्तावलाई काङ्ग्रेस–एमालेले गम्भीर रुपमा नलिएकैले वर्तमान राजनीतिक जटिलता र गत्यावरोध पैदा भएको जिकिर गरे । ‘क्रान्ति पूरा गर्न सबैले आ–आफ्ना गल्ती र कमीकमजोरी स्वीकारेर सबै माओवादी एक ठाउँ आउनुपर्छ’, राजनीतिक क्रान्ति पूरा भइनसकेको बताउँदै अध्यक्ष किरणले भने– ‘प्रचण्डले पनि जनमुक्ति सेना विघटन गर्नु नै आफ्नो गल्ती भनेर बेलाबेला स्वीकार्नुभएको छ, उहाँले साँचो अर्थमा र अन्तर्हृदयबाट नै यो कुरा स्वीकार्नुपर्छ । त्यसो गरियो भने साँचो अर्थमा मजदुर, दलित, आदिवासी–जनजाति र पछाडि पारिएका सबैसबै समुदायको अधिकार सुनिश्चित हुन्छ । यसो गरिएन भने बहुमतको दम्भमा काङ्ग्रेस–एमालेले एकलौटी ढङ्गबाटै संविधान लेख्छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy