Khabar Dabali १ भाद्र २०७९ बुधबार | 17th August, 2022 Wed

प्रज्ञा भवनमा माओवादीको केन्द्रीय समिति बैठक जारी

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक जारी रहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए  । 

बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ ।

गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै  २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।

महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउने भएको छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीयको निरन्तर अवरोधकै बीच उपत्यकाको फोहर व्यवस्थापन

काठमाडौँ । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ  ।   कहिले बाटो मर्मतको...

भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी

खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र ...

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितु...

कमल थापा भन्छन्– गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन

'गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो'

आज सुनचाँदी दुबैको मुल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं ।  आज (बुधबार) नेपाली बजारमा प्रतितोला सुनको मूल्य पाँच सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनससार आज सुनको मूल्य तोलामा ५०० ...

मन्त्रालयद्वारा ‘हेमोडायलासिस सेवा’ सञ्चालन गर्न निर्देशन

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा  आफै सञ्चालन  गर्न निर्देशन दिएको छ ।   मन्त्रालय...

नीलबाराही र भैरव जात्रा सम्पन्न

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ । विभिन्न देवी–देवताका मुखुण...

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छन्  । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ही...

बाढीमा परी ३१ जनाको मृत्यु, कैयौं बेपत्ता

काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीले कम्तीमा ३१ जनाको मृत्यु  हुनुको साथै १७ जना घाइते भएका छन् । मृतक सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको...

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले  राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल ९पाँचौँ संशोधन० विधेयक’ २०७८ बहुमतले पारित गरेको छ ।  उद...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page